प्रभु लाइफको आइपीओ तपाईलाई पर्यो परेन ? बिजपाटीमा हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 04:59:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाईफ इन्स्योरेन्स Prabhu Life Insurance Company  को आईपिओ आज शुक्रबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बिहान ११ बजे शेयर बाँडफाँड गरेको हो। 

शुक्रबार भएको बाँडफाँड अनुसार १० लाख ४९ हजार ४७ आवेदक मध्ये २ हजार १ सय ६९ जनाको आबेदन रद्द भएको छ भने ५ लाख ४० हजारले प्रभु लाइफको आइपी पाएका छन्। यसअनुसार ५ लाख ९ हजार ४७ योग्य आवेदकले प्रभु लाइफको आइपीओ पाएनन्। 

कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको हो। बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ । 

नतिजा बिजपाटीमा 

आईपिओको नतिजा सार्वजनिक भएपछि तपाइँलाई परे नपरेको बिजपाटी डटकममा हेर्न सक्नुहुनेछ। नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा 'Prabhu life insurance company' छनौट गरी आफ्नो बिओआइडी नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ ।

शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए 'sorry you have not been allotted' भन्ने संदेश देखाउने छ ।

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved