मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 09:55:16 AM मा प्रकाशित

laxmi  sunrise bank

मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । 

सर्वसाधारणका लागि छुट्याइएको ५५ लाख ५९ हजार ४२० कित्ता र वैदेशिक रोजगारी तथा आयोजना प्रभावितका लागि छुट्याइएको मध्ये बिक्रि नभएको गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारणमा जारी गरिएको थियो ।

कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।

यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । 

कम्पनीले यसअघि कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९१० कित्ता, र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४  सय २० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved