यी हुन् घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने १२ व्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 01:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरु फेला परेका छन् । नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०/१० लाख कित्ताका लागि आवेदन दिनेहरुको पहिचान गरेको हो ।

प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठक र सृजा पोखरेलले १०/१० लाख कित्ताका लागि आवेदन दिएका थिए । त्यस्तै, मिथिलेशकुमार मेहता, अनिल राणा, नवीन खत्री, सुमित्रा बम र रन्जना ढकाल पौडेलले पनि १०/१० लाख कित्ताकै लागी आवेदन दिएको खुलेको छ । 

यी १२ जनाले १ करोड २० लाख कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । १० लाख कित्ता सेयरका लागि आवेदन दिनु भनेको अधिकतम् कित्ताका लागि आवेदन दिनु हो । 

धितोपत्र बोर्डले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभई आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ । 

कम्पनीले ६९ लाख ११ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved