यी ३ तरिकाबाट हेर्न सकिन्छ आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2023 | 12:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शनिवार शेयर बाँडफाँड भएको हो । 

कम्पनीको आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकले आवेदन दिएकोमा ११ लाख ८८ हजार ९९६ योग्य आवेदक कायम भएका थिए । योग्य आवेदक मध्ये ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

आईएमइ लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved