विकास निर्माणमा स्रोतको चरम् दुरुपयोग, उजुरी पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 04:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका पूर्वाधार विकास निर्माणमा श्रोतको चरम दुरुपयोग बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि उक्त कुरा स्वीकार गरेका छन् ।

उनले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरुपयोग बढेको स्पष्ट पनि पारे । राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइछाड्ने उनको भनाइ छ ।

पूर्वाधार निर्माणमा आवश्यकताको पहिचान नगरी अध्ययन, खरिद र ढिलासुस्ती गर्दा स्रोतको दुरुपयोग बढेको जिकिर गर्दै प्रमुख आयुक्त राईले भने, “राज्यकोषको दुरुपयोग  र दोहन बढेको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले पूर्वाधार निर्माण बर्सेनि ठूलो रकम खर्च भए पनि आवश्यक गुणस्तर कायम हुन नसकेको र तिनको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको बताए ।

“सरकारी स्रातको हानिनोक्सानी तथा दुरुपयोगसम्बन्धी उजुरी बढेको छ ।  जलविद्युत्, उद्योग तथा वस्तु र सेवाको उत्पादन र परिवहनमा अनुमतिपत्रसम्बन्धी व्यवस्थामा एकाधिकार र कार्टेलिङबारे आयोगले निगरानी र छानबिन कगरिरहेको छ”, उनले भने।

प्रमुख आयुक्त राईले  प्राकृतिक स्रोत, खासगरी ढुङ्गा, गिट्टी र बालुवा जथाभावीरुपमा उत्खनन र दोहन गर्ने कार्य नियन्त्रण गर्न जरुरी रहेको बताए ।

सरकारी कोषबाट नियमित अनुदान लिई कागजी रुपमा मात्र सञ्चालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म नभेटिने जिकिर गर्दै प्रमुख आयुक्त राईले यस सम्बन्धि छानबिन अघि बढाएको जानकारी पनि दिएका छन् । राजस्व चुहावट, चोरी, निकारी, पैठारी, न्यून बिजकीकरण तथा राजस्व छली नियन्त्रण गरी राजस्व प्रशासनमा सुधार गर्न सुझाव दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved