
ग्लोबल आइएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले आगलागी पिडितलाई आर्थिक सहयोग उपलव्ध गराएको छ । संस्थाले बाँके जिल्ला नरैनापुर गाँउपालिका वडा नं ४ स्थित खोदामा गाँउका आगलागी पिडीत १४ घर परिवारलाई प्रति परिवार ५५०० का दरले ७७००० नगद प्रदान गरेको हो ।
कार्यक्रममा गाँउपालिका प्रमुख स्तयाक अहमद साहले वित्तीय संस्थाले दुखःको समयमा ग्रहकलाई माया गर्ने संस्थालाई सधै माया गर्न तथा सदस्य नभएका व्यक्तिहरु पनि सदस्य भएर सेवा लिन अनुरोध गरेका छन् ।
सस्थाका नरैनापुर शाखाका शाखा प्रमुख असलम दर्जीले संस्थाले आफना सदस्यहरुलाई परेको दैवी विपत्तीमा संस्थाले राहत रकम प्रदान गरेको बताए । संस्थाका ग्राहकको दु.ख भनेको संस्थाको दु.ख भएको र यस्ता दुखमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सधै साथ दिने लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।