आरम्भ चौतारी र देउराली लघुवित्तले पाए प्राप्तिको लागि अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 09:14:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय सँस्था लिमिटेडले प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्। उनीहरुले तोकिएका सर्तहरु पुरा गरेकाले अन्तिम स्वीकृति प्रदान गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

बनेपा -१० काभ्रेपलान्चोक केन्द्रिय कार्यलय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्थाले बुटवल ४ रुपन्देही केन्द्रिय कार्यलय रहेको देउराली लघुवित्लाई प्राप्ति गरेको हो। 

प्राप्ति पश्चात बन्ने लघुवित्तको नाम 'आरम्भ चौतारी लघुवित्त' रहनेछ भने यसको केन्द्रिय कार्यलय बनेपा नगरपालिका १० मा रहनेछ। राष्ट्रिय स्तरको लघुवित्तको हैसियतले देशभर लघुवित्त सेवा प्रदान गर्नेछ। 

राष्ट्र बैंकले तोकेको सर्तअनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था र देउराली लघुवित्त वित्तीय सँस्थाको स्वाप अनुपात १००: ८४ हुनुपर्नेछ। नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तलाई यहि कात्तिक १ गते प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved