ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठि सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 06:23:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था Global IME Laghubitta Bittiya Sanstha Limited  ले प्रदेश नं. ३ र ४ अन्र्तगत रहेको ३५ वटा शाखाहरुको आर्थिक वर्ष २०७८÷०७९ को प्रथम त्रैमासिक समीक्षा शाखा प्रवन्धक गोष्ठि सम्पन्न गरेको छ । पोखराको लेकसाइड स्थित माई होटेलमा मंसिर ५ र ६ गते कार्यक्रम सञ्चालन भएको हो । 

 कार्यक्रममा विभागीय प्रमुखहरुले ३५ वटा शाखाको प्रथम त्रैमासिक समीक्षा र शाखा प्रवन्धक गोष्ठिको लागि सहजीकरण गरेका थिए । यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती, भावि रणनीतिहरु प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उत्कृष्ट शाखाहरुलाई प्रशंसा पत्र प्रदान गर्दै, वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्याका साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको चालु त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए । कार्यसञ्चालन विभाग प्रमुख सुदिप आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत ३५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved