६ लघुवित्तले पाए डिमर्जको अनुमति, साधारणसभाले पारित गरेको लाभांश पनि रोकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 12:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न अर्थात् डिमर्जको लागि अनुमति दिएको छ । मर्जर प्रक्रियामा गएर लामो समयसम्म पनि मर्जर प्रक्रिया नटुंग्याएका कम्पनीलाई शर्त सहित डिमर्जको अनुमति दिईएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यसरी डिमर्जको अनुमति पाउनेमा आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त, नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त, तथा मिर्मिरे लघुवित्त र श्रीजनशील लघुवित्त रहेका छन्। त्यस्तै समाज र स्वस्तिक लघुवित्त पनि डीमर्जको पर्खाईमा रहेका छन्।

राष्ट्र बैंकले डिमर्जको अनुमति प्रदान गर्दा विभिन्न शर्त पनि तोकेको छ। जस अनुसार यी कम्पनीले २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरिसक्नु पर्ने छ। त्यस्तै यी लघुवित्तले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव गरेको भए , साधारणसभाबाट पारित गरेपनि शेयरयरधनीहरुलाई लाभांश वितरण भने गर्न पाउने छैनन्।  २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश बितरण गर्न सक्ने छन् ।

राष्ट्र बैंकले तोकेको समयअवधि अर्थात २०७९ असार मसान्तसम्म अर्कोसँस्थासँग मर्जर वा प्राप्ति नगरेसम्म राष्ट्र बैंकले दिने अन्य सुविधाबाट समेत उनीहरु बन्चित रहनेछन्। साथै सेयरको दोस्रो बजारमा यी लघुवित्तहरुको सेयर कारोबार बन्द नै रही रहने छ।

यद्दपी नाडेप लघुवित्तले डिप्रोक्स लघुवित्तलाई तथा मिर्मिरे लघुवित्तले श्रीजनशिल लघुवित्तलाई प्राप्ति गर्ने सहमति गरेकाले यी लघुवित्तहरुको सेयर कारोबार पहिल्यैदेखि जारि रहेकाले अहिलेपनि कारोबार खुला नै रहेको छ।

कसले कति प्रस्ताव गरेका छन् लाभांश ?

आँधीखोला लघुवित्तले  र्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १ प्रतिशतले हुन आउने १० लाख रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १० करोड रहेको छ।   

नाडेप लघुवित्तले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ४० करोड ४८ लाख रहेको छ ।  

डिप्रोक्स लघुवित्तले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २३  करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयाँ १४ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयाँ ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ  । कम्पनीले कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  ।  हाल कम्पनीक्जो चुक्ता पुंजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । 

मिर्मिरे लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २ सय ३१  रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष ७६/७७ र ७७/७८ मा मर्जर तथा प्रति कार्य गरेकोले बोनसमा कर नलाग्ने भएकोले नगद लाभांश प्रस्ताव  गरेको छैन। 

धौलागिरी र श्रीजनशील लघुवित्तले लाभांश घोषणा गरेका थिएनन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved