मेयर भट्टराईले गरे दिक्तेलका लघुवित्तकर्मीको प्रशंसा, लघुवित्तसँग मिलेर काम गर्ने प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 12:20:19 AM मा प्रकाशित

laxmi  sunrise bank

दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका खोटाङमा अवस्थित बिभिन्न लघुबित्त बित्तिय सस्थाको छाता केन्द्र लघुबित्त कर्मचारि मिलन केन्द्र दिक्तेल ले नबनिर्वाचित मेयर तिर्थराज भट्टराई लाई भेटि शुभकामना तथा बधाई कार्यक्रम सम्प्पन गरेको छ। 

लघुबित्त मिलन केन्द्रका अध्यक्ष रामाज्ञा राम को नेतृत्वमा नगर पालिका पुगेको टोलिले भेटेर सम्मान गरेको हो । सम्मानको क्रममा प्रमुख भट्टराईले लघुबित्तले गरेका राम्रा काम हरुको प्रशँसा गरेका थिए। नगर सधै हातेमालो गरेर अगाडि बढ्न तयार रहेको र सामाजिक आर्थिक परिवर्तनका लागि लघुबित्तले खेलेको भुमिका मा सकारात्मक सहयोग गर्न सदैब तयार रहेको जानकरि गराएका थिए। 

हाल दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका मा ११ ओटा लघुबित्तका शाखा कार्यलय सन्चालनमा रहेका छन भने १२००० सदस्य सस्थामा आबद्द रहेका छन। जस्मा ८००० सदस्यले करिब ५० करोड कर्जा लिई  बिभिन्न लघुउधम सन्चालन गरेको  लघुबित्त मिलन केन्द्रका कोषाध्यक्ष बिशाल भुसालले जानकारि गराए। 

लघुबित्त सस्था हरुले कर्जा मात्र प्रबाह नगरि स्थानिय स्तर मा बिभिन्न सामाजिक उत्तरदायित्व पुरा गर्नुको साथ साथै बिभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्दै आएका छन्। पछाडि पारिएको क्षेत्रमा गए बित्तिय सेवा पुराउनुको साथै बचतको महत्व बुझाई बचत गर्ने बानिको बिकास समेत  गराएको  छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved