लघुवित्तका विषयमा राष्ट्र बैंकमा ४ घण्टा 'हाइ-लेभल' बैठक, छलफलमा के-के भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 03:07:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाको विषयमा विशिष्ट (हाइलेभलको) छलफल गरेको छ। लघुवित्त विरुद्ध नियोजित रुपमा लागेको आशङ्कामा गर्भनर महाप्रसाद अधिकारीले सरोकारवालाहरुलाई बोलाएर करिब ४ घण्टा छलफल गरेका हुन्। 

आज बुधबार बिहान ८ बजेदेखि लघुवित्त र वित्तीय प्रणालीको विषयमा छलफल सुरु भइ दिउँसो १२ बजे सकिएको थियो । छलफलमा राष्ट्र बैंकका सबै विभागका प्रमुख कार्यकारी निर्देशक, पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, राष्ट्र बैंककै पूर्व-कार्यकारी निर्देशकहरु र वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्सको छाता सङ्गठनको नेतृत्वलाई बोलाएर छलफल गरिएको हो। 

गर्भनर महाप्रसाद अधिकारीले डेपुटी गर्भनर निलम ढुंगाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागप्रमुख देब ढकाल, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुणाकर भट्ट, लघुवित्त विभागका प्रमुख कार्यकारी निर्देशक रेवती नेपाल, पूर्व कार्यकारी निर्देशक गोपाल भट्ट, नेपाल बैंकर्स एशोसियसनका उपाध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंक एशोसियसनका अध्यक्ष प्रद्युमन पोखरेल, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा तथा लघुवित्त बैंकर्स संघका तत्कालिन अध्यक्ष बसन्त लम्साल, महासचिव रामबहादुर यादव, नुमनाथ पौडेललगायत उच्च पदस्थ व्यक्तिहरुलाई आह्वान गरी आज छलफल  गरेका हुन् । 

अहिले लघुवित्तमाथि नियोजित रुपमा प्रहार भएको ठम्याई गर्दै छलफलले यसलाई के कसरी चिर्न र वास्तविकता बाहिर लिएर सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छलफलमा सहभागि एक अधिकारीले बिजपाटीलाई जानकारी दिए ।

आजको छलफलमा लघुवित्त विरोधी अहिलेको आन्दोलनका विषय र यसको समाधानको उपायबारे गहन छलफल भएको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बिजपाटीलाई बताए। उनकाअनुसार अहिलेको घटनालाई लिएर राष्ट्र बैंक पनि धेरै गम्भीर देखिएको छ। 

'सबै सरोकारवालाहरुबीच आ आफ्नो स्थानबाट समधानको उपाय खोज्नेबारे सहमती भएको छ, एक अर्कालाई दोषारोपण गरेर नभई कहाँ कसको कमजोरी भयो र त्यसको समाधान 'के हुनुपर्छ भन्ने लाइन'मा छलफलमा कुराकानी भएको छ', अध्यक्ष शर्माले भने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved