समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापनको लागि १४ जनाको आवेदन (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 12:24:21 PM मा प्रकाशित

laxmi  sunrise bank

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको लागि १४ जनाको आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले सार १४ गते समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि  दरखास्त आह्वान गरेको थियो।

जसमा संयोजक पदको लागि ९ जनाको आवेदन परेको छ । संयोजक पदको लागि आवेदन दिनेमा तेजेन्द्र शर्मा लम्साल, विमल नेपाल, कमल बहादुर खत्री, मुक्ति शंकर श्रेष्ठ, मिन बहादुर बोहरा, रोशन निरौला, निर्मल कुमार कार्की , कुलमणि तिम्सिना र शेष नारायण पोख्रेल रहेका छन् । त्यस्तै सदस्य पदको लागि शेष नारायण पोख्रेल, कुल चन्द्र पराजुली, महेश कुमार माझी, रुपक थापा र देव चन्द्र राय रहेका छन् ।  

राष्ट्र बैंकले यी उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरणको लागि समय तोकेको छ । जसमा संयोजक पदको कार्ययोजना प्रस्तुतीकरणको लागि साउन २३ देखि २५ गतेको समय तोकेको छ भने सदस्य पदको लागि साउन २६ गते शुक्रबारको समय तोकेको छ । कार्ययोजना प्रस्तुतीकरणपछि राष्ट्र बैंकले आवेदन मध्येबाट  समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि एक संयोजक र एक सदस्य गरि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने छ । 

राष्ट्र बैंकले सुरुमा वैशाख २८ गते पहिलो पटक र जेठ १९ गते दोस्रो पटक सूचना जारी गर्दै दरखास्त माग गरेको थियो । तर २ पटक पनि जनशक्ति फेला नपरेपछि राष्ट्र बैंकले योग्यता घटाउँदै र तलव बढाएर असार १४ गते नयाँ सुचना जारी गरेको थियो । त्यसपछि भने आवेदन परेको हो।  

 संयोजक पदको लागि उम्मेदवारले चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ५(पाँच) बर्षको कार्य अनुभव प्राप्त गरेको हुनु पर्ने उल्लेख थियो ।  त्यस्तै सदस्य पदको लागि उम्मेदवारले चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र वा व्यापार प्रशासन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा वा लेखा सम्बन्धी कार्यमा न्यूनतम ३(तीन) वर्षको कार्य अनुभव प्राप्त गरेको हुनु पर्ने उल्लेख थियो ।  

 संयोजकले १ लाख ९० हजार तलब पाउने छन् भने सदस्यले १ लाख ५० हजार तलव पाउने छन् ।

यस अघि : समस्याग्रस्त सुपर लघुवित्तलाई भेटिएनन् जनशक्ति, योग्यता घटाउँदै तलव बढाएर फेरि सूचना जारी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved