समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापनको लागि ९ जना 'सर्टलिस्ट' (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2023 | 12:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको लागि ९ जनाको नाम सर्ट लिस्ट भएको छ । १४ जनाको आवेदन परेकोमा आवेदनको शैक्षिक योग्य,कार्य अनुभव, व्यवसायिक कार्ययोजना र सो को प्रस्तुतीकरण मार्फत ९ जनालाई अन्तर्वार्ताको लागि सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 नेपाल राष्ट्र बैंकले असार १४ गते समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि  दरखास्त आह्वान गरेको थियो।  जसमा संयोजक पदको लागि ९ जना र सदस्य पदको लागि ५ जनाको आवेदन परेको थियो।

 संयोजक पदमा आवेदन दिएका ९ जना मध्ये ५ जना  र सदस्य पदमा आवेदन दिएका ५ मध्येबाट ४ जना अन्तर्वार्ताको लागि छनौट भएका हुन् । संयोजक पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल,  तेजेन्द्र शर्मा लम्साल, मिन बहादुर बोहरा, निर्मल कुमार कार्की र कुलमणि तिम्सिना रहेका छन् ।  त्यस्तै सदस्य पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल, कुल चन्द्र पराजुली, रुपक थापा र देव चन्द्र राय रहेका छन् ।  

राष्ट्र बैंकले यी उम्मेदवारहरुको अन्तर्वार्ताको  लागि समय तोकेको छ । जसमा संयोजक पदको अन्तर्वार्ता भदौ ३ र   सदस्य पदको अन्तर्वार्ता भदौ ४ मा हुने छ । अन्तर्वार्तापछि राष्ट्र बैंकले आवेदक मध्येबाट  समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि एक संयोजक र एक सदस्य गरि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने छ । 

राष्ट्र बैंकले सुरुमा वैशाख २८ गते पहिलो पटक र जेठ १९ गते दोस्रो पटक सूचना जारी गर्दै दरखास्त माग गरेको थियो । तर २ पटक पनि जनशक्ति फेला नपरेपछि राष्ट्र बैंकले योग्यता घटाउँदै र तलव बढाएर असार १४ गते नयाँ सुचना जारी गरेको थियो । त्यसपछि भने आवेदन परेको हो।  

 संयोजक पदको लागि उम्मेदवारले चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ५(पाँच) बर्षको कार्य अनुभव प्राप्त गरेको हुनु पर्ने उल्लेख थियो ।  त्यस्तै सदस्य पदको लागि उम्मेदवारले चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र वा व्यापार प्रशासन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा वा लेखा सम्बन्धी कार्यमा न्यूनतम ३(तीन) वर्षको कार्य अनुभव प्राप्त गरेको हुनु पर्ने उल्लेख थियो ।  

 संयोजकले १ लाख ९० हजार तलब पाउने छन् भने सदस्यले १ लाख ५० हजार तलव पाउने छन् ।

यस अघि : समस्याग्रस्त सुपर लघुवित्तलाई भेटिएनन् जनशक्ति, योग्यता घटाउँदै तलव बढाएर फेरि सूचना जारी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved