राष्ट्र बैंकले मौद्रिक नीतिको लागि निजि क्षेत्रसँग लियो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 06:00:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि निजि क्षेत्रसंग सुझाव संकलन गरेको छ। राष्ट्र बैंकले आज मेरियट होटेलमा कार्यक्रम गरेर निजी क्षेत्रका सबै जसो उद्योगी व्यवसायीका संगठनसँग आगामी मौद्रिक नीतिका लागि सुझाव लिएको हो ।

निजी क्षेत्रका संगठनसँग आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिका लागि सुझाव लिन आजको छलफल आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ लगायत सबै संघ संगठनको प्रतिनिधित्व रहेको थियो।

आजको छलफलमा सञ्चार माध्यमलाई भने प्रवेश थिएँन । सञ्चार माध्यमलाई प्रवेश दिँदा सुझाव दिने निजी क्षेत्रका संगठनका प्रतिनिधिहरुले खुलस्त रुपमा कुरा राख्न नसक्ने महशुस गरेर यसपटक मौद्रिक नीतिको छलफलमा सञ्चार माध्यमलाई नबोलाइएको बताइएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले यस पटक निजी क्षेत्रसँग छलफल हुँदा पत्रकार र सञ्चार माध्यमलाई प्रवेश नदिएको बताए । उनले पत्रकार नभएपछि व्यवसायी र उद्योगीहरुले मौद्रिक नीतिमा चाहेको कुरा खुलस्त राख्न सक्छन् भन्ने भएपछि पत्रकार र मिडियालाई नबोलाइएको बताए ।

साथै, निजी क्षेत्र र सबै सरोकारवालासँग छलफल गरेर सकेपछि मौद्रिक नीति आउनु अगाडी नै आएका सुझाव समेटेर एकिकृत जानकारी दिने गरी पत्रकार सम्मेलनको आयोजना गरिने कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले साउन पहिलो हप्ताभित्र आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved