गभर्नरलाई चन्द्र ढकालले भने 'खुकुलो मौद्रिक नीति चाहिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 05:42:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग  वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले खुकुलो मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् । मौद्रिक नीतिको लागि सुझाव पेश गर्ने आयोजित कार्यक्रममा अध्यक्ष ढकालले खुकुलो मौद्रिक नीति ल्याउनको लागि राष्ट्र बैंकका गभर्नर समक्ष आग्रह गरेका हुन् ।

उनले बजेटलाई सहयोग गर्न मौद्रिक नीति खुकुलो हुनु पर्ने बताए । अधिकांश डिपोजिट बचत खाताबाट फिक्स्ड डिपोजिटमा गएको उल्लेख गर्दै उनले बचत खाता र मुद्दतीमा ५  प्रतिशतको फरकको प्रावधान हटाएर बेस रेट घटाउन सकिने सुझाव दिए । ४ खर्ब तरलता हुँदा पनि बेस रेट माथि भएकोले लगानी हुन नसकेको उनले उल्लेख गरे ।

उनले उधारो नउठ्दा पूजीमा ह्रास आएको र बैंकको खराब कर्जा  बढेको  बताए । 

उनले चालुपुंजी कर्जा मार्गदर्शनमा कहिँ सहजता प्रदान आग्रह गरे । उनले भने 'चालु पूजी कर्जा मार्गदर्शनले बैंक तथा वित्तीय संस्थालाई राम्रो लेशन प्राप्त भएको छ, विगतमा सजिलो सँग कर्जा पाउँदा सेयरमा लगानी गर्न, घरजग्गामा लगानी गर्न, गाडी किन्न ऋण लिने जस्तो गल्ती व्यवसायीबाट पनि भएको छ, बैंकहरुले पनि सजिलो सँग दिएकै हुन् । तर, अहिले अलि खुकुलो गराउनु पर्छ, चालु पूजी कर्जा मार्गदर्शन आएपछि बैंक र व्यवसायी सचेत भइसकेका छन्, तर यो मार्गदर्शनले श्वास फेर्नै नसक्ने अवस्था आएकाले केही सहजता गराउन माग गर्दछु ।' 

आज निजि क्षेत्रका ३ ठूला संगठनले संयुक्त रुपमा आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेका हुन्। आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पेश गरेका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल , नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पेश गरेका हुन् 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved