मौद्रिक नीति लचिलो नै देखिन्छ, तर हाम्रा केही प्रमुख मागहरु छुटेका छन्ः अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 02:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति लचिलो जस्तो देखिएको बताएका छन् । उनले केही प्रावधानहरु हेर्दा मौद्रिक नीति सकारात्मक नै देखिएको बताएका हुन् । 

मुख्य गरी चालु पूँजी कर्जा मार्गदर्शनलाई परिमार्जन गर्ने, बैंक दरलाई १ प्रतिशत घटाउने र सेयर धितो र अन्य मार्जिन प्रकृतिका कर्जाको जोखिम भार पुनरावलोकन गर्ने विषयलाई आफूले सकारात्मक रुपमा लिएको अध्यक्ष मल्लको भनाई छ । सँगै, पहिलो पटक घर खरिदका लागि यसअघि डेढ करोडसम्म दिने गरिएको कर्जाको आकार बढाएर २ करोड पुर्याइनु पनि सकारात्मक नै नरहेको उनको भनाई छ  । 

तर, ब्याजदर घटाउन सक्ने अन्य धेरै उपायहरु भएपनि राष्ट्र बैंकले प्रयोग गरेको नदेखिएको अध्यक्ष मल्ल बताउँछन् ।

‘हामीले मुख्य रुपमा उठाइरहेको भनेको ब्याजदर एकल अंकमा कायम हुनुपर्छ र यसका लागि आधार दरमा अधिकतम् २ प्रतिशत मात्रै प्रिमीयम जोड्न पाउने गरी प्रिमीयम दरलाई २ प्रतिशतमा ‘लक’ गर्नुपर्छ भन्ने थियो, तर यहीँ आएन’ उनले भने, ‘हेर्दा केही लचिलो देखिएपनि निजी क्षेत्रका केही प्रमुख मागहरु छुटेका छन्, विस्तृत अध्ययन गरेर के के सुधार गर्नुपर्ने, त्यसका लागि फेरि पहल जारी राख्छौँ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved