मौद्रिक नीति औसतभन्दा राम्रो, कर्जाको जोखिमभार पुनरावलोकन सकारात्मक: अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 02:40:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका राजस्व समितिका सभापति अम्बिका प्रसाद पौडेलले औसतभन्दा माथिको  मौद्रिक नीति आएको बताएका छन्। मौद्रिक नीतिबारे छोटो प्रतिक्रिया दिदै उनले ब्याजदर घट्न सहयोग गर्ने गरि मौद्रिक नीति आएको बताए 

नीतिगत दर घट्दा त्यसले ब्याजदर घट्नलाई सहयोग गर्ने उनले बताए । त्यस्तै उनले अब घर किन्न चाहनेले पनि साविकभन्दा बढी रकम पाउने भएकोले अब घर किन्न सहज हुने बताए । त्यस्तै पुँजीबजारको सम्बन्धमा पनि  शेयर धितो कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा सकारात्मक रहेको पौडेलले बताए।

मौद्रिक नीतिले  नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ।  शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरेको छ। पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पु¥याएको छ । 

यी व्यवस्थाले घरजग्गा व्यवसाय, पुँजीबजारलाई चलायमान हुने उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved