बजेटको अपेक्षा पुरा हुनेगरी मागेजस्तो मौद्रिक नीति आयो, बजार चलायमान बनाउँछ: सन्तोष कोइराला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 02:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति समयसान्दर्भिक भएको प्रारम्भिक प्रतिकृया आएको छ। नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले यस्तो प्रतिकृया दिएका हुन्। 

उनकाअनुसार राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति समयसान्दर्भिक र सरोकारवालाले खोजेजस्तो आएको छ। यो मौद्रिक नीतिमा गरिएका व्यवस्थाले बजारलाई चलायमान बनाउनेछ। 

शेयर, घरजग्गा लगायतका कर्जाको जोखिम भार घटाउने व्यवस्था, पहिलो आवासीय कर्जाको सिमा ५० लाखले बढाएर दुई करोड बनाउने व्यवस्था लगायतका व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउन सघाउने उनको विश्वास छ। 

"मौद्रिक नीति समग्रमा सन्तोषजनक र समयसान्दर्भिक आएको छ, सरोकारवालाले माग गरेका धेरै विषय समेटिएका छन्, अर्थतन्त्र चलायमान बनाउने बजेटको अपेक्षा पुरा गर्ने नीति आएको छ" उनले भने। 

उनकाअनुसार राष्ट्र बैंकले नीतिगत दरलाई ५० आधारले घटाएर साढे ६ प्रतिशतमा कायम गर्ने व्यवस्था र बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गर्ने व्यवस्थाले ब्याजको दर थप घटाउन सहयोग गर्नेछ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved