मौद्रिक नीति नीतिगत घोषणामा मात्रै सिमिति भयोः वरिष्ठ उपाध्यक्ष अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 03:57:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति केवल नीतिगत घोषणामा मात्रै सिमित देखिएको बताएका छन् । राष्ट्र बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे बिजपाटीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै उनले मौद्रिक नीति नीतिगत घोषणामा सिमित देखिएको तर, लचकताको संकेत गरेको बताएका हुन् ।

‘नीतिगत घोषणामा सिमित देखिएको छ, अब कार्यविधि र मार्गदर्शन कस्तो र कहिले आउँछ भन्ने मुख्य कुरा हो, किनकी कार्यविधि र मार्गदर्शनले नै कार्यान्वयन कसरी हुन्छ भन्ने तय गर्छ’ उनले भने, ‘तर, नीतिगत रुपमा लचकतातिर जाने संकेत चाहिँ गरेको छ ।’

वरिष्ठ उपाध्यक्ष अग्रवालले निजी क्षेत्रले चाहेका ३ वटा मागहरु स्पष्ट रुपमा सम्बोधन नभएको बताए । चालु पूँजी कर्जा मार्गदर्शन संशोधन हुनुपर्छ भन्ने मागमा केवल परिमार्जन गरिने भन्ने मात्रै उल्लेख गरिएको, ब्याजदरलाई एकल अंकमा कायम गराउनुपर्छ भन्ने मागमा केवल नीतिगत दर मात्रै तल झारिएको र यसले ब्याजदर घटाउन उल्लेख्य भूमीका निर्वाह नगर्ने र बैंकहरुले तोक्ने प्रिमीयममा पनि आफूहरुले अधिकतम् २ प्रतिशतमा ‘लक’ गर्नुपर्छ भनिएकोमा त्यसो नगरिएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए ।

त्यस्तै, मौद्रिक नीतिले कर्जा विस्तारलाई पनि संकुचित बनाएको उनको दावी छ । 

‘आर्थिक वर्ष २०७९÷०८० मा १२.६ प्रतिशत राखिएको कर्जा विस्तारको लक्ष्य कम थियो, त्यो पनि पूरा नहुँदा आर्थिक वृद्धिदरमा संकुचन आयो, यसपाली झन घटाएर ११.५ प्रतिशतको लक्ष्य राखिएको छ, यसले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्दैन’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved