नेप्सेको टिएमएसमा समस्या, आइतबार पनि रोकियो सेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 11:46:51 AM मा प्रकाशित

आइतबार पनि नेप्से कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिएको छ । कारोबार सुचारु भएको २५ मिनेटमा नै प्रणलीमा समस्या देखिएपछि कारोबार नै रोक्का भएको छ । 

आइतबार टिएमएसमा समस्या देखिएको हो ।  आदेश दिन, राखेको आदेश रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको छ। नेप्सेको टिएमएस प्रणलीमा बेला बेला समस्या आउनु समान्य जस्तै भएको छ।

यसअघि बिहीबार पनि टिएमएस प्रणलीमा समस्या देखिएपछि कारोबार रोकिएको थियो । बिहीबार दुई घण्टा कारोबार अवरुद्ध भएपद्धि साँझ ५ बजेसम्म कारोबार गराइएको थियो ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved