सेञ्चुरी क्यापिटलको सीईओमा रमेश कुमार श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 05:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । 

सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटलमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । 

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved