
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रा. लि बीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गर्ने सम्झौता भएको छ ।
दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के .सी ले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ ।
भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ ।