भिजन सेक्युरिटिजद्वारा ईलामका विद्यार्थीलाई शेयर बजार सम्बन्धी तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 06:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भिजन सेक्युरिटिज् (स्टक ब्रोकर नं. ३४) र महेन्द्ररत्न वहुमुखी क्याम्पस ईलामको आयोजनामा शेयर वजार सम्वन्धी साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । Global Money Week-2024 को अवसरमा क्याम्पसको अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी र कम्पनीको ईलाम शाखा कार्यालयको आयोजनामा क्याम्पसको हलमा उक्त कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम मिति मंलगबार सम्पन्न भएको थियो । अरेरास्ववियु महेन्द्र क्याम्पस ईलाम व्यवस्थापन संकाय कमिटी अध्यक्ष रतन तामाङ्गको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सदस्य अशोक खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक तारानाथ पराजुली, अनेरास्ववियु जिल्ला कमिटि ईलामका सह सचिवद्वय सुशान्त चापागाँई र विशाल कार्की, क्याम्पस कमिटिका अध्यक्ष गोपीराज आङ्देवे, भिजन सेक्युरिटिज ईलामका शाखा प्रमुख मनोज राई लगायत व्यवस्थापन संकायका लगभग २३० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दोश्रो बजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा सेक्युरिटिज्का ईलाम शाखा प्रमुख मनोज राईले कार्यपत्र प्रस्तुत गरेका थिए । यसै गरी अनेरास्ववियु जिल्ला कमिटि ईलामका सहसचिव सुशान्त चापागाँईले सम्वन्धीत निकायहरुसंग समन्वय गरि समय समयमा यस प्रकारका कार्यक्रमहरु गरिने बताए । क्याम्पसका प्रध्यापक तथा शेयर वजार सम्वन्धी जानकार तारानाथ पराजुलीले विद्यार्थीहरुलाई पुजीँवजार सम्वन्धी अध्ययन गरेर, वुझेर मात्र लगानी गर्न सुझाउदै विद्यार्थी जीवनवाटै शेयर वजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन सक्ने वताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved