मतदाता रिझाउन उम्मेदवारी दर्ताकै दिन भोज !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 04:57:20 AM मा प्रकाशित

laxmi  sunrise bank

धनुषा । सीमावर्ती मुखियापट्टी गाउँमा बुधबार धुमधामका साथ भोज चलिरहेको थियो। दिउँसो घाम छेक्न लगाइएको टेन्टमुनि त्रिपाल, दरी पराल र चप्पलमाथि बसेर स्थानीय मतदाता भोज खाँदै थिए। 

दृश्य हेर्दा कुनै विवाह समारोह वा भण्डाराको जस्तो देखिन्थ्यो। स्थानीय कांग्रेस नेता विश्वनाथ यादवले पार्टीबाट नपाएपछि बागीमा उम्मेदवारी दिएका छन्। उनका समर्थक सुरेन्द्रप्रसाद चौधरीले भोज दिएका हुन्। समर्थक र मतदातालाई भोज खुवाउन दैनिक एक हजारका दरले ज्याला दिएर तीन जना खटेको खाना पकाउँदै गरेका दिनेश महतोले बताए। ‘चुनावसम्म खाना पकाउन आएको छु’, उनले भने, चुनावसम्म यहाँ सबैका लागि भोज चल्छ। भात दाल र आलु मिक्स तरकारी भोजको परिकार हो। यहाँ भोज भएपछि आसपासमा खान पाक्दैन। दिनभरि आउने जति सबै खाएर जान्छ्’ विपन्न समुदायका बालबालिका, वृद्धवृद्धालगायत गाउँका अधिकांश भोजमा सहभागी थिए। 

यो एउटा उदाहरणमात्र हो। सदरमुकाम बाहिरका अधिकांश गाउँमा चुनावी प्रचारप्रसारमा खटेका कार्यकर्ता र समर्थक दिनहुँ भोजमा सहभागी हुन थालेको आजको कान्तिपुरमा खबर छ ।  भोज आचारसंहिताविपरीतको काम हो। आचारसंहिता उल्लंघन गरे उम्मेवारी नै खारेज हुन सक्छ। तर मधेशमा भोज नखुवाई चुनाव जितिँदैन भन्ने मान्यता छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved