यातायात व्यवसायीको ‘बार्गेनिङ’ नमिलेपछि दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुलेन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 04:14:48 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । सवारी भाडा बढाउने विषयमा यातायात व्यवसायीको सरकारसँग ‘बार्गेनिङ’ नमिलेपछि दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुल्न सकेको छैन । दसैंको मुखमा व्यवसायीले अनुचित माग राखेपछि विहीबार खोल्ने भनिएको अग्रिम टिकट बुकिङ खुल्न नसकेको हो । छतमा समान राख्न पाउनु पर्ने, वैज्ञानिक भाडा दर लागु गर्नु पर्ने, सडकको भौतिक संरचनामा सुधार गर्नु पर्ने लगायतका माग व्यवसायीले अघि सारेका छन् । 

‘दसैंमा यात्रुको दबाब हुन्छ, त्यहीबेला सबै माग राख्नुपर्छ, केही केही न केही माग सरकारले पुरा गरिहाल्छ भन्ने व्यवसायीमा भ्रम छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यहाँ त लाखौं सेवाग्राहीको कुरा छ, सामाजिक उत्तरदायित्व अनुसार पनि व्यवसायीले चाडपर्वको बेलामा माग राख्नु राम्रो होइन यात्रुको समस्यामा ध्यान दिनैपर्छ ।’ दसैको बेलामात्र नभएर व्यवसायीले अरु समय पनि आफ्ना माग राख्न सक्ने ती अधिकारी बताउछन् । 

उद्दारका लागि नारायणघाट–मुग्लिङ खण्डमा डोजर राखिसकेको, सडकको स्तरोन्नतीका लागि सडक विभागलाई पत्राचार गरेको, भाडा बृद्धिबारे विज्ञसहितको टोली बनाइसकेको विभागका प्रवक्ता टोकराज पाण्डेलले जानकारी दिए । भदौं १६ गते ट्राफिक प्रहरी, उपभोक्ता मंच, यातायात व्यवसायी र सरकारवाला निकाय बसेर व्यबसायीका मागवारे छलफल गरेको उनले बताए । ‘विभागले पहल गरिराखेको छ, केही पूरा भइसकेका छन् व्यवसायीले चाडपर्वको बेला च्याँखे दाउ थपेर जनतासमक्ष राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘मागबारे अरु समयमा पनि छलपफल गर्न सकिन्छ, तत्काल टिकट बुकिङ खोलेर जनता समक्ष राम्रो सन्देश जान्छ, व्यवसायीको पनि त जनताप्रतिको उत्तरदायत्वि छ नि रु’ छतमा समान राख्न पाउने व्यवसायीको माग जायज भए पनि यातायात व्यवस्था नियमावलीका केही बुँदा संशोधन नभएसम्म लागु गर्न नसकिने उनले बताएको आजको कान्तिपुर दैनिकमा समाचार  । 

‘संशोधन लागि विभागले मन्त्रालयमा पठाएको छ, मन्त्रालयले मन्त्रिपरिषदमा पठाउँछ, अनि हामीले अनुमति दिन सक्छौ’ उनले भने, ‘ त्यो पहल भइराखेको छ, तर अहिले नै गर व्यवसायीले भन्नु राम्रो होइन ।’ यता यातायात व्यवसायीले भने छतमा सामान राख्न नपाउने भए दसैंमा बुकिङ नखोल्ने बताएका छन् । एक जना यात्रीले न्युनतम २० केजी समान लग्ने हुँदा त्यो राख्न छतको व्यवस्था अनिवार्य भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved