बिटक्वाइन को कारोबार फष्टाउदै, १० हजार नेपालीको ४० अर्ब फस्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 05:20:09 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ। राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग ुबिटक्वाइनु छ।

एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ। ‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा ुबिटक्वाइनुलगायत ुक्रिप्टो करेन्सीुहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । 

केही नेपालीले इन्टरनेटको माध्यमबाट ुबिटक्वाइनुको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो । कालोधन ुबिटक्वाइनुमा लगानी  विगतमा अवैध रूपमा कमाएको रकम भारतीय ठूला नोटमा जम्मा गर्ने नेपालीको संख्या पनि निकै ठूलो रहेको राष्ट्र बैंकको भनाइ छ । 

भारतले विमुद्रीकरण गरेपछि भौतिक मुद्रामा सम्पत्ति सञ्चय गर्नु जोखिमपूर्ण भएका कारण ती मानिसले बिटक्वाइनमा लगानी गरेको अनुमान राष्ट्र बैंकले गरेको छ। बिटक्वाइन खरिद सम्पत्ति सञ्चय मात्रै होइन, लगानी पनि हो। 

अमेरिका, जापानलगायत विश्वका धेरै मुलुकमा ुबिटक्वाइनुको कारोबार अवैध नभएका कारण पनि मानिसले यो मुद्रा खरिद गरी सम्पत्ति सञ्चय र लगानी गरिरहेको हुन सक्ने राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन्। त्यस्तै, सेना, प्रहरी र सरकारी कर्मचारीहरूले घुस खाएर कमाएर अवैध पैसा पनि ुबिटक्वाइनुमा लगानी गरेको हुन सक्ने उनीहरूको अनुमान छ।

 सम्पत्ति विदेश लैजान ुबिटक्वाइनुको प्रयोग नेपालबाट स्थायी रूपमा विदेश जानेहरूले सम्पत्ति लैजानका लागि बिटक्वाइनको प्रयोग गरेको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ । नेपालीले विदेश जाँदा अधिकतम ५ हजार डलर मात्रै लैजान पाउँछन्। राष्ट्र बैंकले नेपाली पैसा विदेश लैजाँदा डलरको सीमा तोकेका कारण नेपालीले आफ्नो सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग गरेको पाइएको छ। नेपालबाट पुँजी विदेश लैजानसमेत पाइँदैन । ‘यस्तो अवस्थामा अमेरिकाको डिभी परेकालगायत विदेशमा स्थायी रूपमा बस्न जानेहरूले चल–अचल सम्पत्तिलाई ुबिटक्वाइनुमा परिवर्तन गरेर लैजाने गरेको देखिएको छ,’ उनले भने। 

यहाँ ुबिटक्वाइनु खरिद गरी विदेश जाने र त्यहाँ त्यो बचेर नगद प्राप्त गर्ने गरेको पनि देखिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved