
अन्नपूर्ण पदयात्रामा गएका बेलायती आमा छोरा जेम्मा र चार्लीले नेपालीको बदनामी गर्ने मनासायले चियाको पैसा नतिरी भागेपछि महिलासँगको भिडियो बनाएको पर्यटन प्रहरीले जनाएको छ ।
नेपाल भ्रमणमा बेलायतबाट आएका आमा,छोराले पदयात्राकै क्रममा नेपाली महिलाले दुव्र्यव्यवहार गरेको भन्दै बेलायतको चर्चित पत्रिकाको अनलाईन संस्करणमार्फत भिडियो सार्वजनिक गरेका थिए ।
अत्याधिक दर्शकले हेरेको तथा शेयर गरेको उक्त भिडियोमार्फत नेपालको पर्यटन क्षेत्र असुरक्षित भएको सन्देश गएपछि पयर्टन प्रहरीले यसको अनुसन्धान थालेका थियो ।
अनुसन्धानमा पर्यटकले चिया पिएर पैसा नदिई हिडेपछि भिडियोमा देखिएकी महिला आक्रोशित भएर त्यस्तो व्यवहार गरेको ठहरसहित बेलायती पर्यटकहरुमाथी निगरानी बढाएको पर्यटन विभागले जनाएको छ ।
ति महिलाले खिचेको उक्त भिडियो १ करोड बढिले हेरिसकेका छन । भिडियो बनाउने बेलाको घटनालाई प्रत्यक्ष नदेखेकाहरुले भिडियोमा निक्कै आक्रोशित बनेकी महिलालाई सामाजिक सञ्जालमा गालीगलौज समेत गरेका छन । भिडियोमा देखिएकी शेर्पा महिलालाई अहिले होटल गर्न नपाउनेगरि पर्यटन विभागले कारबाही भने गरिसकेको छ । टिभी अन्नपूर्णबाट