दसैंमा ४४ अर्ब रेमिटेन्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 05:42:54 AM मा प्रकाशित

laxmi sunrise bank

दसैंमा विभिन्न मुलुकबाट ४३ अर्ब ६८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। दसैंको फूलपातीको एक महिनाअघि वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा ४२ करोड अमेरिकी डलर बिक्री गर्न ल्याएका थिए। यही डलरलाई आधार मान्दै ४३ अर्ब ६८ करोड रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले अनुमान गरेको हो। गत वर्ष यसै अवधिमा बैंकहरूले ५५ करोड अमेरिकी डलर राष्ट्र बैंकमा बिक्रीका लागि ल्याएका थिए।

राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकअनुसार गत आव र यस आवको यसै अवधिमा आएको अमेरिकी डलर बिक्री प्रवृत्ति हेर्दा रेमिटेन्स १३ करोड अमेरिकी डलरले घटेको छ। राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दसैंमा अन्य समयभन्दा बढी रेमिटेन्स भित्रने भए पनि यस वर्ष वृद्धिदर घट्ने अनुमान गरिएको जानकारी दिए। ‘त्यसै त विभिन्न कारणले अघिल्लो आवदेखि नै रेमिटेन्स वृद्धिदर घट्दै गएको थियोु, उनले भने, ‘यस वर्ष अझ वृद्धिदर घट्ने देखिएको अन्नपूर्णपोष्टमा खबर छ।

गत साउनमा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। साउनमा भित्रिएको रेमिटेन्स गत आवको सोही अवधिको तुलनामा सात प्रतिशतले बढी हो। अघिल्लो वर्षको साउनमा भने यस्तो वृद्धिदर दुई दशमलव पाँच प्रतिशतमात्र थियो। गत आवको साउनभन्दा यस वर्षको साउनमा रेमिटेन्स वृद्धिदरमा सुधार आए पनि दसैं अघिको एक महिना घटेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको असार मसान्तसम्म करिब चार लाख कामदारबाट ६ खर्ब ९५ अर्ब रेमिटेन्स नेपाल भित्रिएको थियो।

गत साउनको तथ्यांक हेर्ने हो भने ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको हो। अन्य समयभन्दा दसैंमा रेमिटेन्स वृद्धि हुने गरेको रेमिटेन्स एसोसिएसनका अध्यक्ष दिवाकर थापाले बताए। ‘अन्य समयभन्दा दसैंमा रेमिटेन्स बढ्छु, उनले भने, ‘राष्ट्र बैंकले घटेको तथ्यांक देखाए पनि रेमिटेन्स बढेको छ।ु

नेपालमा सबैभन्दा बढी ४० प्रतिशत हिस्सा ओगटेको आईएमई रेमिटको बिजनेस अन्य समयभन्दा दसैंमा ३५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने गरेको ग्लोबल आईएमई ग्रुपका सञ्चार संयोजक राजु पौडेलले जानकारी दिए। ‘भदौ १२ देखि असोज १२ गतेसम्म २५ प्रतिशतले रेमिटेन्स वृद्धि भएको छु, उनले भने। घरेलु बजारमा भने आईएमई रेमिटले ६० प्रतिशत हिस्सा ओगटेको पौडेलले बताए।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved