भुक्तानी नपाएपछि उखुखेतीबाट किसान निरास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 06:15:12 AM मा प्रकाशित

laxmi  sunrise bank


२० वर्षदेखि उखुखेती गर्दै आएका सुनसरी बर्जु(२ का कमलप्रसाद कामत यो वर्षदेखि तोरी लगाउने योजनामा छन् । बर्जु गाउँपालिकाकै बौकी साह त एक बिघा खेत जोतेर तोरी छर्ने मौसमको पर्खाइमा बसेका छन् । वासुदेव साह र राजेन्द्र कामतको पनि उखुखेतीप्रति मन मरेर आएको छ । उनीहरूजस्ता धेरै किसानले यही वर्ष खेती परिवर्तन गर्ने तयारी थालेका छन् । बौकी भन्छन्, ‘अब तोरी लगाउने, उखुबाट वाक्क भएँ । दुःख पनि धेरै पाइयो ।ु

यही मंसिरदेखि उखुखेती नगर्ने निष्कर्षमा पुगेका किसानहरू एकसाथ छाड्ने विषयमा छलफलसमेत भएको सुनाउँछन् । कामत भन्छन्, ‘उखुको विकल्प नखोजी नहुने भएपछि हामीले अरू बाली लगाउन थालेका हौं । कतिपय साथीहरू दलहन बालीबारे पनि बुझ्दै छन् ।ु बर्जु गाउँपालिकाको अमाहिवेल्हामा इस्टर्न सुगर मिल्स खुल्दा किसान अरू बाली मासेर उखुखेतीमा लागेका थिए ।

तर, १० वर्षभन्दा बढी समय उखु उत्पादन गरेका किसानहरू चिनी मिलले दुःख दिएपछि खेती परिवर्तन गर्ने बाटोमा लागेका हुन् । स्थानीय प्रकाश कोइरालाका अनुसार चिनी मिलले उखुको भुक्तानी नदिँदा किसानहरू निराश बनेका छन् । अन्नपूर्ण पोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved