मिठाईको माग चार दोब्बर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 06:12:57 AM मा प्रकाशित

laxmi  sunrise bank

मिठाई पसलमा भीड छ । साहूजीलाई कुरा गर्नु परैको कुरा, पैसा गन्नसम्म भ्याइनभ्याई छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व । नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैं, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ । सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर माग बढ्छ । तर, यतिकै लागि कामदार बढाउन नसकिने भएकाले व्यवसायीलाई पसलको व्यवस्थापन गर्न हम्मे पर्छ ।

 मल्लकालमा भारत बैंगलोरको त्रिपुरासुन्दरीबाट मछिन्द्रनाथसँगै मिठाई बनाउने हलुवाई भित्रिएको इतिहास छ । तिनै हलुवाई कालान्तरमा राजकर्णिकारमा परिणत भए । राजकर्णिकारको रूपमा परिणत भएका हलुवाईबाट सुरुआत भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ । राजकर्णिकारले राजस्थानबाट थप कामदार भित्र्याइ मिठाईको कारोबार सुरु गरेका थिए ।

अनिल राजकर्णिकारका अनुसार मल्लकालीन समयमा दरबारमा दैनिक हुने पुजा आदि शुभकाममा राजकर्णिकारले तयार पारेको लाखमरी, ऐंठ, अनर्सा, मालपुवा, हलुवा, गुआरामारीलगायत ३२ प्रकारका मिठाई प्रयोग हुने चलन थियो । राजकर्णिकारले मरु टोल, पाटन, भक्तपुर, ललितपुरलगायत स्थानबाट नेपाली संस्कृति झल्कने मिठाईको कारोबार गरेको मानिन्छ । त्यसपछि राणाकालीन समय र शाहवंशीय समयमा पनि राजकर्णिकारकै मिठाई दरबारमा प्रयोग हुन्थ्यो । तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रको समयमा पनि दरबारमा राजकर्णिकारले तयार पारेको स्वादिलो मिठाई पस्किने चलन थियो । नारायणहिटी दरबारमा राजकर्णिकारका लागि मिठाई तयार पार्ने स्थान नै छुट्टयाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved