सर्लाही ४ का माओवादी उम्मेदवार रायको उम्मेदवारी खारेज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 27, 2017 | 06:58:39 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले सर्लाही ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ ।कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । यादव वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुन् ।

पूर्वसभासद् यादवले कूटनीतिक राहदानी दुरुपयोग गरेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको होे । सो क्षेत्रमा कांग्रेसबाट अमरेशकुमार सिंह उम्मेदवार छन् ।

आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ ।

आयोगले शनिबारकै मितिमा सो निर्णय गरे पनि आइतबारसम्म सार्वजनिक गरेको छैन ।

विशेष अदालतले २६ साउन २०७२ मा कूटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

दलबदलमा माहिर यादव

यादव ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सर्लाही ६ मा निर्वाचित भएका थिए । उनले तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहलाई पराजित गरेका थिए । यादव मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका थिए ।

कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोप लागेका यादव ०७० को संविधानसभा निर्वाचनमा भने महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबाट सर्लाही ६ मा उम्मेदवार बनेका थिए । तर, उनी कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित बन्न पुगे ।

तमसपापछि उनी राजपा प्रवेश गरेका थिए । स्थानीय तहको निर्वाचनअघि यादव माओवादी केन्द्रमा प्रवेश गरी सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न सफल भएका थिए । उनको उम्मेदवारीपछि सर्लाही ४ मा एमालेमा असन्तुष्टि देखिएको छ ।

जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर

कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा मुछिएका पूर्वसभासद् यादवलाई जिल्ला अदालत काठमाडाैँले दोषी ठहर गरेको थियो । त्यसउपर उनी पुनरावेदनमा गए पनि अहिलेसम्म मुद्दा किनारा लागेको छैन ।

त्यसवेला सभासद् बिपी यादव, नारदमुनि राना, गायत्री साहलगायत मुछिएका थिए । सर्लाहीका स्थानीय नागरिकका नाममा यादवविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेजीका लागि उजुरी परेको थियो । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved