नेत्रविक्रक चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अघिल्लो दिन बुधबार राति काठमाडौैं उपत्यकालाई अन्धकार बनाउने योजनाका साथ भक्तपुरमा शक्तिशाली सिलिन्डर बम विस्फोट गराएको पाईएको छ ।
बुधबार राति करिव ९ बजे काठमाडौं उपत्यकाको विधुत आपुर्तिको मुख्य लाईन भक्तपुर बानेश्वर ६६ केभी प्रसारण लाईनको दुवाकोट अमर सिनेमा हलनजिक खेतमा गराईएको शक्तिशाली बम विस्फोटका कारण तार चुडिएको छ ।
भक्तपुरबाट बानेश्वर आउने ६६ केभीको प्रसारण लाईनमा दुवकोटनितर चुँडिएर करिव ९ बजे रातिबाट बिजुली आपुर्तिमा समस्या आएका नेपाल विधुत प्राधिकरणका प्रवक्ता प्रशल अधिकारीले विहीबार बताएका थिए । नागरिक दैनिकमा खबर छ ।