
 2mb (1).gif)
नेपालप्रतिको भारतीय हेराई यहाँको राजनीतिक परिस्थितिअनुकूल हुने गरी तय गर्नलाई हुनसक्छ, प्रधानमन्त्री नरेन्द्र मोदीको वरिपरि गुप्तचर संस्थाबाट भूपू भएका मान्छेले भरिभराऊ पारिएको छ ।
यन्टिलिजेन्स ब्यूरोका पूर्व निर्देशक अजित दोभाललाई मात्र राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका मोदीले फेरि ‘र’ पूर्वप्रमुख राजेन्दर खन्नालाई डेपुटी नेशनल सेक्युरिटी एडभाइजर बनाएका छन् । नेपाल, बंगलादेशजस्ता निकटस्थ छिमेकी हेर्ने गरी एबी माथुरमलाई पनि यस्तै काममा खटाएका छन् । जो ‘र’ कै पूर्व सेकेन्डम्यान हुन् ।
छिमेकी मुलुकलाई ‘र’ का मान्छेले हेर्ने गरी राखेपछि सुरक्षाका विषयमा संसदलगायत कतै जवाफ दिइरहनु पनि परेन ।
नेपालमै पनि र को चिफ तोकिएका विवेक जोहरी कार्यकाल सिध्याएर आजभोली फर्कदैछन् । उनलाई बदलली गर्न एके हल्दर काठमाडौं आउने क्रममा छन् । उनको सहायकका रुपमा दार्जिलिङकाक बासिन्दा पि. छिरिङलाई खटाएको छ ।
काठमाडौंस्थित दूतावासको संरचनालाई पनि भारतले व्याक्तिगत हैन, संरचनागत रुपमा हेरफेर गर्दैछ । राजनीतिक र प्रशासनिक दुबै ज्ञान नभएका मानिसहरुले दूतावास भर्न खोजिदैछ । राजदूतपछि दोस्रो बरियताको डिसिएम पदमा चार महिना पहिले विनयकुमार थिए । उनी गएपछि डा. अजयकुमारलाई काममा लगाइयो अजय २०७३ को महाभूकम्पपछि परियोजना हेर्ने गरी तोकिएका व्यक्ति हुन् । जनआस्था साप्ताहिकमा खबर छ ।