
प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपालका सपना छिमेकीसँग नेपालको रेलमार्ग जोड्नु हो ।त्यसैले चुनावी घोषणापत्रमासमेत ओलीले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनीको कुरा उल्लेख गरेका छन् ।
तर, दुर्भाग्य उक्त मार्ग निर्माणको लागि चिनियाँ टोली विगत तीन महिनादेखि नेपाल सरकारको एउटा पत्रको प्रतिक्षामा छ । तर, नेपालले उक्त पत्र पठाउने फाइल नै बेपत्ता भएपछि नेपाल र चीन दुवैतिर अन्योलता छ ।
२०७४ कार्तिको तेस्रोसाता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङच चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणवारे सम्भाव्यता अधययन ठाँउको प्रतिबेदन दिएर प्रक्रियपछि नेपालले कागजी प्रक्रियासमेत अघि बढाउन नसक्दा तीन महिनाभन्दा लामो समयदेखि उक्त रेलमार्ग अलपत्र अबस्थामा छ ।
यस्तो अबस्थामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमण भएको छ । चिनियाँ पक्षले रेलमार्गको विषयमा प्रश्न गरे परराष्ट्रमन्त्रील ज्ञवालीले के जवाफ देलान ? दृष्टि साप्ताहिकमा खबर छ ।