प्रसङ्ग धान दिवस: पछिल्लो १० महिनामा २४ अर्बकाे चामल अायात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 08:20:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ। सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ। गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ।

सरकारले कृषि क्षेत्र लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नुपरेको हो। यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ।

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले धान उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रतिफल कमजोर छ। मौमसका आधारमा धान कति फल्छ भन्ने निर्धारण हुन्छ।

चालू आर्थिक वर्ष ०७४/७५मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको छ। जुन गत आवको भन्दा ७९ हजार मेट्रिक टन थोरै हो। मौसम राम्रो हुँदा गत आव ०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो।

नेपालको जनसंख्यालाई नौ लाख मेट्रिक टन चामल अपुग छ। पोषणका लागि एक व्यक्तिलाई वार्षिक एक सय ३८ किलो चामल चाहिन्छ। त्यसलाई आधार मान्दा दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनसंख्यालाई वार्षिक ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामल आवश्यक पर्छ। चालू आवमा उत्पादन भएको धानबाट करिब ३० लाख ९० हजार ६ सय मेट्रिक टनमात्र चामल तयार हुन्छ।

धान उत्पादन वृद्धि नहुँदा आयात बढेको धानविज्ञ बताउँछन्। धान उत्पादनमा मौमसको भर पर्नुपर्ने अवस्था छ। धान रोपण क्षेत्रमा वृद्धि हुन सकेको छैन। सिँचाइ, प्रविधि, मल, बिउको राम्रो व्यवस्था नहुँदा धान उत्पादन अपेक्षित वृद्धि हुन नसकेको हो। नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved