बिमा समिति पनि करको दायरामा , हजार मेगावाट विद्युत् किन्ने चीनको प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 09:05:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ १८ गते सोमबार प्रकशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन्। कान्तिपुर दैनिकले ठूला जलविद्युत् आयोजना अनिर्णयको बन्दी शिर्षकको समाचार छापेको छ ।  ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना बनाउन २०५२ मा जिम्मा पाएको अस्ट्रेलियाली कम्पनी स्मेकले १७ वर्षसम्म लगानी जुटाउन सकेन र सरकारले २०६८ मा कम्पनीसँगको सम्झौता खारेज गर्‍यो ।सोही वर्ष जलाशययुक्त आयोजना निर्माणका लागि चाइना थ्री गर्जेज इन्टरनेसनलाई सरकारले जिम्मा दियो । निर्माणको जिम्मा पाएको ७ वर्षपछि चिनियाँ प्रवद्र्धकले आयोजना नाफामा नजाने भन्दै निर्माणबाट हात झिक्ने संकेत गरेको छ । पश्चिम सेती निर्माणका लागि दुई कम्पनीलाई जिम्मा दिंदा २३ वर्षभन्दा बढी समय गुज्रिसकेको छ तर आयोजना बन्नेमा शंका छ ।सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको महत्त्वाकांक्षी नीति लिएको छ तर पहिचान गरिएका आधा दर्जन ठूला जलविद्युत् आयोजनाको निर्माणमा विवादैविवाद छ ।

कान्तिपुर मै हरेक दिन नयाँ रेकर्ड बनाउँदै डलर शिर्षकको समाचार छ  । सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ ८९ पैसा खर्चिनुपर्ने भएको छ । यो सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न तिर्नुपर्ने रकम हो । यो हालसम्मकै उच्च अवस्था हो । यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने देखाउँछ । पछिल्ला केही दिनयता नेपाली मुद्रासँग अमेरिक डलरको विनिमयदर निरन्तर रूपमा उकालो लागिरहेको छ । यही क्रममा सोमबार यो करिब १ सय १४ रुपैयाँ नजिक पुगेको हो । सोमबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ २९ पैसा तोकेको छ । यो पनि हालसम्मकै उच्च हो ।

नयाँ पत्रिका दैनिकले नेपाल–चीन प्रतिनिधिबाट तातोपानी नाकाको निरीक्षण भएको र नाका खुलाउने विषयमा आज खासामा संयुक्त छलफल हुँने समाचार छापेको छ । नयाँ पत्रिका मै संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले स्थानीय प्रभावितलाई सीपमूलक तालिम दिने समाचार छ । कम्पनीले ३९ जनालाई ३ वर्षे र २० जनालाई ४ वर्षे डिप्लोमा इन इन्जिनियरिङका लागि छात्रवृत्ति साथै २५ जनाका दरले वर्षको चार पटक सिटिइभिटीको ३ महिने सीपमूलक तालिम दिने भएको हो । 

डेढ करोड नेपालीले उच्च गतिको इन्टरनेट चलाउने गरेको खबर पनि नयाँ पत्रिकामा छ । 

अन्नपुर्ण पोस्ट दैनिकले नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको समाचार छापेको छ । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो। हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ। करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३÷७४ डलर थियो। विश्व परिवेशमैे भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ। प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ।

अन्नपुर्ण मै बिमा समिति पनि करको दायरामा : पुससम्म ५३ करोड बुझाउनुपर्नें शिर्षकको समाचार छ । बिमा समिति पनि करको दायरामा आएको छ। गत असारमा स्थायी लेखा नम्बर (पान) लिएपछि समिति पहिलोपटक करको दायरामा आएको हो। सरकारले २०७० मा आर्थिक ऐन परिमार्जन गरी समितिले पनि कर तिर्नुपर्ने व्यवस्था गरेको थियो। सोही समयदेखि सरकारले समितिलाई कर तिर्न भने पनि तिरेको थिएन। समिति स्थापना भएको ५० वर्ष पुगेको छ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३र७४ को लेखा परीक्षण गर्दा कर बक्यौत्ता देखायो र त्यसको लगत्तै आन्तरिक राजस्व विभागले बिमा समितिलाई कर तिर्न ताकेता गरेको थियो। समितिले डेढ दशक अघि आफू गैरनाफामूलक संस्था भएको भन्दै मन्त्रिपरिषद्बाट कर छुटको व्यवस्था गराएको थियो। यसैका आधारमा कर तिरेको थिएन।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म समितिले पाँच आर्थिक वर्षको करयोग्य आयको कर बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ। सोही अनुरुप समितिले गत आवमा २० करोड राजस्व बुझाएको थियो। अझै समितिले अघिल्ला चार आर्थिक वर्षको कर बुझाउन बाँकी छ। बिमा कम्पनीहरूबाट उठाएको साढे १ प्रतिशत प्रिमिय शुल्क नै बिमा समितिको आम्दानी हो।आयकर ऐन संशोधनपछि सरकारले पटकपटक कर तिर्न निर्देशन गरे पनि समितिले अटेर गरेको थियो। 

अन्नपुर्ण मै  उपत्यकामा बढ्दै गएको सवारी पार्किङ समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले उच्च प्राविधिक क्षमताको स्वचालित पार्किङस्थल निर्माण गर्ने खबर छ। 

कारोबार दैनिकले चीनले एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव गरेको खबर छापेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो । 

टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्यात गर्न सक्ने प्रस्ताव गरेका छन् । 

कारोबार मै डलर भाउ बढ्दा बजारमा महंगीको त्रास शिर्षकको समाचार छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा बजारमा महँगी बढ्ने अवस्था देखिएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो भएपछि यसको सिधा असर आयातित बस्तुमा पर्नेछ । आयातकै लागि धेरै नेपाली मुद्रा खर्चेर डलरमा आयात गर्नुपर्दा मूल्यवृद्धि बढ्ने देखिएको हो ।

त्यस्तै कृषिका सबै कार्यविधि भदौसम्म आईसक्ने पनि कारोबारमा समाचार छ । कृृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षका कार्यक्रम लागू गर्न भदौभित्रै सबै कार्यविधि निर्माण तथा परिमार्जन गर्ने भएको छ । संघीय मन्त्रालयअन्तर्गतका साना ठूला सबै परियोजना कार्यविधिअनुसार लागू गरिने व्यवस्था छ । 

विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्यमामात्र कार्यविधि ल्याउने र कागजमा कार्यक्रम कार्यान्वयन भएको प्रवृत्ति देखिँदै आएको थियो । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कार्यविधि नै लक्षित वर्गसम्म नपुग्नेगरी बनाइएको पाइएपछि मन्त्रालय र मातहतका निकायलाई कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मातहतका निकायलाई २४ बुँदे निर्देशन दिएका छन् । निर्देशनमा भदौभित्र सबै परियोजनाका कार्यविधि बनाउने, संघबाट संचालन भइरहेका सबै कार्यक्रमको १५/१५ दिनमा प्रगति प्रतिवेदन तयार गर्नुपर्ने, रासायनिक मल वितरणका लागि नयाँ मोडालिटी तयार गर्ने लगाएत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved