यस्ता छन् राजधानीलाई प्रदूषणमुक्त बनाउन सरकारका ६ योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 08:17:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राजधानी सहर काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत कार्ययोजना प्रस्ताव गरेको छ ।


स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरकोकारवाला विभिन्न मन्त्रालयसँगा सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजाने समझदारी मंगलबारको मन्त्रिपरिषद् बैठकमा भएको छ ।बैठकमा प्रस्तावमाथि लामै छलफल भएको आजको नागरिकमा खबर छ।


स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा वायु प्रदुषणको समस्या विकराल बन्दै गएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेकाले न्यूनीकरणका लागि कार्ययोजना प्रस्ताव गरेको बताए । नेपालको संविधानको धारा ३५ले समेत स्वच्छ वातावरणको हक सुनिश्चित गरिसकेको अवस्थामा वायु प्रदुषणबाट जनस्वास्थ्यमा परेको असर घटाउन यो कार्ययोजना लागू गर्नुपर्ने थापाले बताए।


-विकास निर्माणमा नियमित समन्वय

-दिनमा कम्तिमा एकपटक सडकको धुलो तान्ने

-पिच भत्काएपछि तत्काल ग्राबेल

-फोहोर जलाए दण्ड

-प्रत्येक शुक्रबार नो भइकल डे

-गुणस्तरीय मास्कमा अनुदान

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved