
सरकारले उपत्यकाका प्रमुख तीनै जिल्लामा व्यवस्थित सहरको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।अध्ययन सम्बन्धी सरकारी योजनामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समेटिएका छन्।
उपत्यकाका तीन वटै जिल्लामा नयाँ सहरी विकास क्षेत्र बनाउन सम्भाव्यता अध्ययन आर्थिक वर्ष २०७३/७४ को योजना अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले सो कार्य थाल्ने भएको हो। आजको नागरिकमा खबर छ।
प्राधिकरणका प्रवक्ता केशव प्रसाद न्यौपानलेले आठमाडौंमा ५ हजार ८ हेक्टर (१ लाख रोपनी), ललितुरमा ५ सय हेक्टर (१० हजार रोपनी), र भक्तपुरमा ५ सय हेक्टर क्षेत्रफलमा व्यवस्थित सहीकरणको विस्तृत परियोजना रिपोर्ट (डिपीआर) तयार हुन लागेको जानकारी दिए ।