आईपीओमा सबै आवेदकलाई शेयर पर्ने निश्चित!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 10:07:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राथमिक तथा थप शेयर निष्काशन (आईपीओ /एफपीओ) मा शेयर नपरेर चिन्तित हुनुभएको छ ? त्यसो हो भने अब केही राहत पाइनेछ । धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले कम्तीमा १० कित्ता शेयर पाउने सुनिश्चिता हुनेछ । बोर्डले ‘निष्काशन तथा बाडँफाँट निर्देशिका’ मार्फत यस्तो व्यवस्था ल्याउन लागेको हो । यो व्यवस्थापछि सबै लगानीकर्तालाई  उनीहरुको मागअनुसार समान दरले शेयर बाँडफाँट गरिन्छ ।

पछिल्लो समयमा आईपीओमा धेरै आवेदन पर्ने र अधिकांश लगानीकर्ताले शेयर नपाउने अवस्था अन्त्य गर्न ‘सबैले शेयर पाउने’ खालको वितरण  प्रणली ल्याउन लागिएको बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताएको आजको कान्तिपुरमा खबर छ।  

‘नयाँ व्यवस्थाअनुसार कम्पनीहरुले शेयर बाँडफाँड गर्दा पहिलोपटक सबैलाई १०/१० कित्ताका दरले वितरण गरिन्छ, त्यसपछि पुन १०/१० कित्ता, त्यसपछि पनि बचेमा पुन १०/१० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्छ,’ कार्कीले भने, अन्तिममा सबैलाई १०/१० कित्ता शेयर नपुग्ने अवस्थमा मात्र चिठ्ठामार्फत वितरण गर्नुपर्छ  । यो विधिअनुसार शेयर बाँडफाँट गर्दा सबै लगानीकर्ताले शेयर पाउने भएकाले सबैका लागि उचित हुने अध्यक्ष कार्कीले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved