मधेसमा चुनाव हुन नदिने चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 08:39:26 AM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत मधेसका माग पुरा नभएसम्म मधेसमा चुनाव हुन नदिने चेतावनी बताएका छन् ।

वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितिमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन नभए दोस्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने र चुनाव पनि हुन नदिने दाबि गरे । मधेसको माग सम्बोधन नभएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उनको भनाइ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले भने,‘ जबसम्म संविधान संशोधन हुँदैन तबसम्म मधेसमा चुनाव हुन दिन्नौं। यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहँदैन।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved