उम्मेदवारलाई न भोक न निन्द्रा : फेरियो दैनिकी !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 08:03:54 AM मा प्रकाशित

laxmi  sunrise bank

५९ बर्षीय उहाँ विहानै ५ बजे मर्निङवार्क निस्कनु हुन्थो । साथी भाइ भेटघाट गरी १० बजे खान खाएर, कामकाजमा जानु हुन्थ्यो । साँझ घर फर्कियो । दश बजे सुत्यो । यही हो अरु बेलाको उहाँको दैनिकी । तर छ दिन यता उहाँको दैनिकी फेरिएको छ । विहानै ललितपुरको जावलाखेल स्थित मतगणना स्थलमा पुग्नु हुन्छ । साँझ एक बजे मात्रै घर फर्किनु हुन्छ । खानपान नियमित त छैन । सुते पनि कति मतले अन्तर छु भन्ने कुराले छटपटी हुन्छ सुत्न गाह्रो पर्दछ । परिणामको कौतुहलताले उहाँलाई यसरी पिरल्दो रहेछ । 

‘मतगणना स्थलमा पार्टीका प्रतिनिधि बसेका छन् तर आफै नजाँदासम्म मन खुसी हुँदैन ।’ उहाँले फिस्स हास्दै भन्नु भयो । ललितपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनको छ दिन यता अस्तव्यस्त बनेको छ दैनिकी । ‘मत गणना ढिलो हुँदा मेरो मात्रै कहाँ हो र परिवारै भोक निन्द्रा खलवलिएको छ ।’ उहाँले अन्नपूर्णसँग गुनासो पोख्नु भयो ।

मतगणनाले वेफुर्सदीला उहाँका परिवारका सदस्यलाई उस्तै हुटहुटी हुँदो रहेछ । विदेशबाट छोराले छिन छिनमा फोन गर्दा रहेछन् । ‘परिणाम ढिलाइ हुँदा उम्मेदवारलाई अलि टर्चर नै भएको छ।’ उहाँले भन्नु भयो ।

उहाँ झै नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार ६१ बर्षीय हरिकृष्ण व्यञ्जनकारले पनि दैनिक १८ घन्टा जसो मतगणना स्थलमै विताउनु हुदोँरहेछ । ‘खाना पनि बाहिरै खाइरहेको छु ।’ उहाँले भन्नु भयो ।

घर भन्दा मतगणना स्थल अहिले उहाँलाई प्यारो छ । तर अनियमित खानपान र ठीक समयमा आराम नगर्दा उहाँलाई गाह्रो भइरहेको रहेछ । पहिले पनि निर्वाचनमा भाग लिनु भएका उहाँले यो निर्वाचन नौलो लागेको अनुभव सुनाउनु भयो । ‘कता कता रिस पनि उठ्छ । छिटो परिणाम सार्वजनिक गर्नु पर्नेमा हामी बुढालाई यस्तो दुःख किन दिएको होला ? ‘ उहाँले भन्नु भयो ।

साथी भाइदेखि मिडियाकर्मीहरुलाई फोनबाटै परिणाम अपडेट गराइरहनु भएका उहाँ भन्नुहुन्छ । ‘घरमा दुई तिन घण्टा मात्रै सुतेको छु धन्न विरामी भएको छैन ।’ उहाँले  भन्नु भयो ।

धेरै समय पछि भएको चुनावको कार्यकर्ता र उम्मेदवारदेखि सर्वसाधारणमा एक खालको उत्साह भएपनि परिणाम ढिलो आउँदा नैराश्यता छाउन थालेको छ । तीन दिनसम्म परिणाम आइसक्ला भनेर भोक तिख्रा भुलेर मतगणना स्थलमै बसेका उम्मेदवारहरु केही समय वि श्रामका लागि घर पुग्ने गरिरहेका छन् ।

साथी भाइ र शुभचिन्तकसँगको भेटघाट गर्ने थलो पनि मतगणना स्थल बनेको आजकल उम्मेदवारहरुको । रमाइलो, आराम भन्ने कुराको वास्ता छैन । मात्रै परिणाम के आउला भन्नेमा मात्रै उनीहरुले ध्यान केन्द्रित छ ।

ठूलो मत अन्तर रहेका दलहरुका उम्मेदवार मतगणना स्थलमा नदेखिए पनि मुख्य प्रतिस्पर्धी उम्मेदवारको दैनिकी यस्तै छ ।

साझा पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको उपमेयरकी उम्मेदवार शोभा शाक्यको पनि निन्द्रा भोक मतगणनाले नै खाइदिएको रहेछ । ‘मलाई त जहाँ बस्यो त्यही निन्द्रा लाग्छ । परिवारमा पनि उस्तै अस्तव्यस्ता छ ।’ उहाँले भन्नु भयो ।

राती १ बजे मात्रै घर पुग्ने उहाँ विहान ५ बजे फेरि मतगणना स्थलमै फर्किसक्नु हुने रहेछ । ‘ घरमा प्राय खाना खाएकै छैन । अझ कति दिन यहाँ बस्ने हो अत्यास पो लाग्न थाल्यो ।’ उहाँले भन्नु भयो ।

राप्रपाबाट ललितपुर महानगरपालिकाको उपमेयर पदमा लडनु भएका बाबुकाजी प्रधान दुई दिन यता मतगणना केन्द्रमा जानु भएको छैन । ‘ क्यान्सर पिडीत भाइ सिकिस्तै भएकाले मतगणना केन्द्रमा नगएको हो ।’ उहाँले भन्नु भयो ।

ललितपुर महानगरपालिकाका उम्मेदवार झै काठमाडौंको पनि अवस्था उस्तै छ । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजुराज जोशी राती अवेरसम्म मत गणना स्थलमा खटिदाँ र सुभचिन्तकका फोनले निन्द्रा खलवलिएको बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ ‘ जति बेला पनि निन्द्रा लागिरहेको छ । अब कति दिन कुर्नु पर्ने हो ।’ उहाँले भन्नु भयो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिनिधि मतगणना स्थलमा खटाए पनि उम्मेदवारले उत्साह भर्नका लागि मतगणना स्थलमा खटिरदाँ रहेछन् । एमाले उम्मेदवार विद्या सुन्दर शाक्य पनि परिणाम थाहा पाउन मात्रै होइन प्रतिनिधिलाई उत्साह भर्न मतगणना स्थलमा जाने गर्नु हुनेरहेछ । ‘सुरुका दिनमा रातमा पनि मतगणना स्थलमै बसियो । आजकल रातमा सुत्ने गरेको छु ।’ उहाँले भन्नु भयो ।

माओवादी केन्द्रबाट काठमाडौंको उपमेयर पदमा प्रतिस्पर्धा गर्नु भएकी सुशिला पौड्याल हिजोबाट मतगणना स्थलमा जान छोड्नु भएको छ । मतगणना स्थलमै लामो समय बस्दा निन्द्रा र खानपान अस्तव्यस्त भएकाले विरामी परेको छु । उहाँले अन्नपूर्णसँग भन्नु भयो ।

पाँच दिनसम्म उम्मेदवारको प्रतिनिधि भएर मतगणना स्थलमै बस्नु भएका कृर्तिपुरका शसीर महर्जन दैनिकी अस्तव्यस्त हुँदा अझ पनि सामान्य अवस्थामा फर्किन गाह्रो परिरहेको अनुभव सुनाउनु हुन्छ ।

मतगणना स्थलको व्यवस्थापन पनि कमजोर हुँदा उम्मेदवार दिक्क छन् । आजको प्रविधिको समयमा पनि त्यसको उपयोग नै भएको छैन । हामी त झन् झन् व्याक पो हुँदै गएका रहेछौ कि भन्ने आभास भइरहेको ललितपुर महानगरपालिकाकी उपमेयरकी उम्मेदवार शोभा शाक्य बताउनु हुन्छ । यस्ता कुरामा आयोगले विचार गर्नु पर्ने उहाँको भनाइ छ ।

‘आयोगले मत पत्र निर्माण गर्दा विचार पुर्याएको भए यस्तो दुःख न त उम्मेदवारले पाउँथे त म मतदाताले ।’ काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार राजु राज जोशीले भन्नु भयो ।

एक लाख १२ हजार नौ सय २३ मतदाता रहेको ललितपुर महानगरपालिकामा ८६ हजार मत खसेको छ । तर मतगणना आधा मात्रै सकिएकाले अझै तीन चार दिन उम्मदेवार र मतदाताले परिणामको प्रतिक्षामा बस्नु पर्ने छ । त्यस्तै काठमाडौं महानगरपालिकामा दुई लाख ७९ हजार ३०३ मतदाता रहेकोमा जम्मा मत एक लाख ९३ हजार मत खसेको छ । महानगरपालिकाको अहिले १७ वडाको मतगणना जारी छ । अन्तिम परिणामका लागि उम्मेदवार र मतदाताले अझ एक हप्ता जति कुर्नु पर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved