नेपालको राजनीतिमा अहिलेसम्मका '५ भद्र सहमति'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 25, 2017 | 08:08:00 AM मा प्रकाशित

laxmi  sunrise bank

१. गिरिजा–प्रचण्ड भद्र सहमति

 ०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनअघि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति भएको थियो । निर्वाचनपछि माओवादी पहिलो शक्तिकेन्द्र बन्यो । कोइरालाले प्रचण्डलाई लामो समय सरकार गठनको बाटो खोलिदिएनन् । प्रचण्डले त्यसवेला कोइरालालाई राष्ट्रपति स्विकारेनन् । सहमति कार्यान्वयन नगरेर कमजोरी भएको टिप्पणी प्रचण्डले सार्वजनिक रूपमै गर्दै आएका छन् ।

 २. झलनाथ–प्रचण्ड भद्र सहमति

 माधव नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीको समर्थनमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बन्यो । माओवादी अध्यक्ष प्रचण्डकै शब्दमा त्यसवेला खनाललाई ‘छापामार शैली’मा प्रधानमन्त्री बनाइएको थियो । २३ माघ ०६७ मा खनालले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ६ महिनापछि उनले माओवादीलाई सरकारको नेतृत्व छोडने भद्र सहमति वनेको थियो । तर, सो सहमति पालना नभएपछि सातै महिनामा खनाल सरकार ढल्यो । त्यसपछि १२ भदौं, २०६८ मा वावुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो ।

 ३. सुशील, प्रचण्ड– ओली भद्र सहमति

 संविधान जारी गर्ने बेला प्रमखु तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका मुख्य तीन नेताका वीच एक खालको सहमति वनेको थियो । संविधान जारी गरेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री, कांग्रेसका तात्कालिन सभापति शुसिल कोइराला राष्टपति र माओवादीलाई सभामुख वनाउने गरि भद्र सहमति थियो । तर , शुसिल कोइरालाले सहमतिय सरकार निर्माणमा असहयोग गदै आफै प्रधानमन्त्रीको उम्मेदवार वन्न आए । त्यसवेला भएको भद्र सहमति पनि तोडिएको नेताहरुले सार्वजनिक अभिब्यक्ति दिदै आएका छन् ।

 ४. ओली–प्रचण्ड भद्र सहमति

 २५ असोज २०७२ मा एमाले–माओवादी गठवन्धनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री वने । गठवन्धन निर्माण गर्नेवेला दुवै पार्टीका शीर्ष नेताहरु वसेर नयाँ वजेट ल्याउने बेलासम्म ओली प्रधानमन्त्री वन्ने र त्यसपछि प्रचण्डले सरकारको नेतृत्व गर्ने गरि तीन वुँदे भद्र सहमति भएको थियो । उक्त समझदारी पत्र पछि सार्वजनिक नै भयो । तर ओलीले भद्र सहमति अनुसार माओवादीलाई सरकारको नेतृत्व हसतान्तरण गर्न तयार भएनन । प्रचण्डले नै उनी विरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याए र ओली सरकार ढल्यो ।

 ५. देउवा–प्रचण्ड भद्र सहमति

 ओली सरकारको वर्र्हीगमनसँगै काग्रेस–माओवादी नयाँ गठवन्धन निर्माण भयो । त्यसवेला देउवा–प्रचण्डबीच थप अर्काे भद्र सहमति पनि भयो । स्थानिय तहको चुनावसम्म प्रचण्ड र प्रदेश र केन्द्रको चुनाव देउवा प्रधानमन्त्री भएर गर्ने दुई दलबीच भद्र सहमति भएको थियो । तर भद्र सहमति पालना हुँदैन भन्ने आरोप लागिरहेका बेला प्रधानमन्त्रीले नेपाली राजनीतिमा नैतिकता र इमान्दारिताको खडेरी तोडनका लागि आफुले राजनामा दिएको घोषणा गरे । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved