देउवा प्रधानमन्त्री बन्ने कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 08:04:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एमालेले संसद्को बैठक सञ्चालनमा अवरोध गर्ने जनाएपछि आइतबार प्रधानमन्त्रीको निर्वाचन हुन सकेन। प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

 भरतपुर महानगरपालिका– १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै एमालेले संसद् बैठक अवरोध गर्ने जनाएपछि प्रधानमन्त्रीको चुनाव हुननसकेको हो।

 संसद्ले प्रधानमन्त्री निर्वाचनप्रक्रिया अघि बढाएको जानकारी पनि आफ्नो दललाई नभएको भन्दै एमालेले भरतपुरमा पुनः मतदान होइन, गणना गर्नुपर्ने अडान राख्दै आएको छ। मतगणना सुरु भएपछि मात्र संसद् बैठक चल्न दिने एमाले अडानपछि प्रधानमन्त्री निर्वाचनका लागि तोकिएको संसद्को आइतबारको बैठक सूचना टाँसेर स्थगित गरियो। बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक दलीय सहमतिका लागि भन्दै ३ बजेसम्म सारिएको थियो।

 दलीय सहमतिका लागि प्रयास भए पनि एमालेले आफ्नो अडान छाडेन। सभामुख ओनसरी घर्तीले दिउँसो बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा एमालेले दुई दिन संसद् बैठक सार्न प्रस्ताव गरेको थियो। भरतपुरमा पुनः निर्वाचन गराउने आयोगको निर्णयप्रति आइतबार परेको मुद्दामा सोमबारसम्म अदालतबाट केही निर्णय आउनसक्ने भन्दै त्यतिबेलासम्म कुर्न एमालेले प्रस्ताव गरेको स्रोतको दाबी छ।

 संसद्को दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी एमालेले दुई दिन बैठक सार्न प्रस्ताव गरे पनि सभामुख घर्तीले सोमबार अपराह्न बैठक डाक्ने तयारी गरेकी थिइन्। तर एमाले नेतृत्वले बल प्रयोग गरेर बैठक अघि बढाउने भए केही छैन होइन भने मंगलबारका लागि बैठक राख्न पुनः आग्रहका थिए। सत्ता साझेदार दल पनि एमाले प्रस्तावमा सकारात्मक देखिएपछि आइतबारको बैठक सूचना टाँसेर मंगलबारका लागि सारिएको हो।

 सभामुख घर्तीका प्रेससल्लाहकार बवीन शर्माले एमालेको आग्रह्मा संसद् बैठक मंगलबार बस्ने गरी स्थगित गरीएको जानकारी दिए। ’एमालेले दुई दिन बैठक सार्न प्रस्ताव गरे पनि सभामुख सोमबार बैठक राख्ने पक्षमा हुनुहुथ्यो,’ शर्माले भने, ’तर दलबीच सघन छलफल गरेर मुलुकलाई निकास दिने सहमति भएकाले बैठक मंगलबारका लागि सारिएको होे।’

 एमालेले प्रधानमन्त्री निर्वाचनबारे आफ्नो दल जानकार नै नभएको भन्दै प्रक्रियामा समेत प्रश्न उठाएको छ। बुहमतीय प्रक्रियाबाट प्रधानमन्त्री छनोट सुरु भएको जानकारी संसद्लाई नभएको भन्दै एमालेले प्रक्रिया शूून्यबाट थाल्नुपर्ने तर्क अघि सारेको छ।

 एमाले उपाध्यक्ष वामदेव गौतमले बुहमतीयबाट प्रधानमन्त्री चयन प्रक्रिया सुरु भएको एमालेलाई जानकारी नभएको बताए। ’बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छनोटको सूचना संसद्ले पाएको छैन,’ संसद् भवनबाट बाहिरिँदै गौतमले भने, ’संविधान र विधिअनुसार प्रक्रिया अघि बढ्नुपर्छ।’

 दलीय सहमतिको सरकार गठन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय प्रक्रिया थाल्न संसद्लाई पत्र लेखेकी थिइन्। राष्ट्रपतिको पत्रको जानकारी संसद्लाई गराउनुअघि नै बिहीबारको संसद् बैठक एमालेले अवरोध गरेको थियो। दलीय सहमतिमा प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन सभामुखले शुक्रबार प्रमुख दलका शीर्ष नेताको बैठक राखे पनि एमाले आफ्नो अडानमा कायमै रहने बतायो। त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ अनुसार प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन सभामुखले संसद् सचिवालयलाई निर्देशन दिएकी थिइन्। सोही अनुसार सचिवालयले शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै शनिबार प्रधानमन्त्रीमा उम्मेदवारीका लागि समय तोकेको थियो।

 सचिवालयले तोकेको समयभित्र कांग्रेस सभापति देउवाको मात्र एकल उम्मेवारी दर्ता भएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेस नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंहलाई समर्थक राखेर देउवाले उम्मेदवारी दर्ता गराएका थिए ।  नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved