मन्त्री बन्न जसलाई छ मन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 08:51:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री बन्ने हतारोमा शेरबहादुर देउवाले मधेसकेन्द्रित दललाई हिजो बिहान अर्को लिखत बुझाएका छन् । असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनआसपास प्रदेश नं. २ मा निकायहरु थप गर्ने आशयसहितको पत्र हिजो ती दलले बुझेपछि उनका पक्षमा मतदान भएको हो ।

त्यस्तै, संविधान संशोधनलाई अघि बढाइने अर्को शर्त छ । तर, कानुनतः प्रक्रिया अगाडि गइसकेको अवस्थामा निर्वाचन हुने भनिएका निकायलाई अदल–बदल गर्ने अधिकार सरकारसँग रहँदैन । उता, बुढेशकालमा एकचोटि पार्टी उपसभापति हुने रहर गरेका गोपालमान श्रेष्ठलाई देउवाले उपप्रधानमन्त्री बनाएका छन् । सन्तुलन मिलाउने नाममा उपसभापतिचाहिँ विमलेन्द्र निधीलाई र मनोनित गर्न पाइने महामन्त्रीमा पूर्णबहादुर खड्कालाई लैजाने तयारी भएको बताइन्छ ।

तर, उपप्रधानमन्त्रीको दौडबाट प्रकाशमान सिंह पछि हटिसकेका छैनन् । आजै अर्थमन्त्रीमा रामचन्द्र पक्षधर महेश आचार्यलार्य बहाली गराउने कुराको खासै विरोध छैन । तर, भौतिक पूर्वाधार मन्त्री बनाउन लागिएका ज्ञानेन्द्र कार्कीको कुरालाई लिएर देउवा कोटरीभित्रै विवाद छ । पहिला पनि उर्जा र सिञ्चाई एउटै हुँदा मन्त्री बनाइएका, त्यति गर्दा पनि चुनाव नजितेको मान्छेलाई फेरि बनाउन लागियो भन्दै हिजो बिहानसम्म देउवा निवासमा गलफत्ति चल्दै थियो । उनी ०४८ मा कृष्णप्रसाद भट्टराईका स्वकीय सचिव थिए ।

यसबाहेक राज्यमन्त्री बनाउनका लागि देउवाले प्रदेश नं. १ बाट तीनमध्ये एकलाई रोज्ने बताएका छन् । उनीहरु हुन्, भीष्मराज आङदम्बे, मीनबहादुर विश्वकर्मा वा रामहरि खतिवडामध्ये एक । त्यस्तै पहिला राज्यमन्त्री बनाउन ठिक्क पारिएका तर नबनाइएका महेन्द्र यादव २ नं. प्रदेशबाट पक्कापक्की गरिएका छन् ।

फर्मुल्लाह मन्सुरलाई पनि कुनै न कुनै मन्त्रालय दिने बचन छ । ३ नं. प्रदेशबाट अम्बिका बस्ने, ४ नं. बाट भरत शाह र सुदूरपश्चिमबाट वीरबहादुर बलायरलार्य मन्त्री बनाउने सूचि हिजो बिहान निवासमा भेला भएका नेतामाझ सुनाएका छन् । यी सबैको नियुक्ति भने पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि अथवा असार १४ पछि हुने छ ।

उता, पुराना कोही नदोहोर्याउने मापदण्डका कारण अर्जुननरसिंह केसीले भाइ जगदिश्वरनरसिंह केसीको नाम प्रस्ताव गरेका छन् । रामचन्द्रपक्षबाट महेश अर्थमन्त्री भएपछि बाँकीमा शेखर कोइराला, जीवन परियार र बद्री पाण्डेलाई पठाउने गरी सिफारिस भएको छ ।

कृष्ण सिटौलाले भीमसेनदास प्रधानलाई शिक्षा मन्त्री नै हुने गरी मन्त्री बनाउन भनी नाम पठाएका छन् । भीमसेन प्राध्यापन पृष्ठभूमिका हुन् । त्यस्तै, राप्रपाले चार, फोरम लोकतान्त्रिकले तीन र हिजोको मतदानमा साथ दिने साना दलहरुले कम्तीमा दुई मन्त्रालय मागेको स्रोतले जनाएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved