पार्वती थापामगरले दायर गरेको रिट खारेज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 07:50:15 AM मा प्रकाशित

laxmi  sunrise bank

वरिष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउनुपर्ने मागसहित तत्कालीन एआईजी पार्वती थापामगरले दायर गरेको रिट निवेदन प्रयोजनहीन भएको भन्दै चार वर्षपछि सोमबार सर्वोच्च अदालतबाट खारेज भएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुरूप आफूभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई आईजीपी बनाइएको दाबीसहित थापाले ०७० साल कात्तिक २६ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। अर्याल भने आईजीपी भइवरी अवकाश भइसकेका छन्।

यता, अर्यालको अवकाशपछि सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी नवराज सिलवालद्वारा दायर रिटमा भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विशेष सक्रियतामा डेढ महिनामै फैसला भएको थियो । पार्वतीको मुद्दामा चाहिँ बल्ल फैसला भएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved