ज्योतिषीले खोले देउवा बालुवाटार सर्न नसक्नुको कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 07:58:06 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् ।

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् । वरिष्ठ जयोतिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछिमात्र निवास सर्न सुझाएका छन् ।

‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गतेमात्र शुभ मुहूर्त छ,’ न्यौपानेले भने, ‘४ गते बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ ।’ बिहान सर्दा पूजापाठ, रुद्री, स्वस्तिवाचन गर्दा उत्तम हुनेछ भने साँझ सर्दा स्वस्ति वाचन गरे पुग्ने उनको सल्लाह छ । ‘देउवाको कुण्डलीमा बृहस्पति भाग्य स्थानमा भएपनि आगामी असार ३ गतेसम्म राहु अष्ठम पदमै रहन्छ । अष्टम पदमा राहु बस्नु भनेको शत्रु पक्ष बलियो हुनु हो,’ न्यौपानेले भने, ‘शत्रु बलियो हुँदाहुँदै पनि देउवाज्यू प्रधानमन्त्री बन्नु त भएको छ तर असार ३ गतेसम्म जति काम गरे पनि उहाँले जस पाउने देखिन्न ।’ त्यसपछि भने देउवा शक्तिशाली हुने न्यौपानेले दाबी गरे । आजको नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved