‘कतारमा कार्यरत नेपाली श्रमिकलाई कुनै समस्या छैन’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 08:37:22 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका लागि कतारमा जाने नयाँ कामदारको माग ठप्प भएको छ । यसले गर्दा रोजगारीका लागि कतार जाने जाने मानसिकता बनाएका कामदार अन्योलमा परेका छन् ।

खाडीका देशले कतारलाई नाकाबन्दी लगाएसँगै त्यहाँ नयाँ कामदारको माग गर्ने संस्थाहरू पर्ख र हेर भन्ने अवस्थामा रहेका छन् । कतारमा ड्राइभरका लागि श्रमस्वीकृति लिएर बसेका कास्की पोखराका रमेश कार्की त्याहँ जाने कि नजाने भन्ने दोधारमा परेका छन् । ‘भिसा पनि लागिसकेको छ, दुई महिनाभित्र पुगिसक्नुपर्छ, अहिले त्यहाँ देखिएको समस्या केही मत्थर होला भनेर कुरेर बसेको छु’, उनले भने । भिसा लिएर बसेका केहीको मनस्थिति दोधारको भए पनि अहिले दैनिक डेढ सयको हाराहारीमा श्रमिक गइरहेको पाइएको छ ।

यो संख्या पहिले दैनिक करिब चार सय रहेको थियो । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले कतारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले त्यहाँकार्यरत नेपाली श्रमिककलाई कुनै समस्या नरहेको बताए । भिसा लिइसकेकाहरू ढुक्कले कतार जानसक्ने उनको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले कतारमा वैदेशिक रोजगारीका लागि नयाँ कामदारको माग नआए पनि भिसा लिएर बसेका जाने क्रम नरोकिएको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved