'टिप्स' कै भरमा हिमाली भरिया

रासस

रासस

Jun 20, 2017 | 07:10:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आधारशिविर (सोलुखुम्बु) : सोताङका जीवन राईलाई भारी बोकेको पारि श्रमिकले केही गरौंला भन्ने कुनै आस छैन । 'भारी बोकेर कमाएको पैसा खान र बस्ने खर्चमै ठिक्क हुन्छ', राई भन्नुहुन्छ, 'टिप्स नपाइने हो भने त भारी बोक्नु नै बेकार हुन्छ ।'

लुक्लादेखि सगरमाथा आधारशिविरसम्म एक्सपिडिसन हिमालय एजेन्सीको भारी बोकेर हिँड्दै गरेका सोलुखुम्बु बुङका अर्का भरिया ज्ञानु बस्नेतले पनि टिप्स पाउने आसमै भारी बोक्न आएको बताउनुभयो । 'भारी बोकेको ज्याला बच्दैन भन्ने थाहा छ, तर मनकारी विदेशी पाइन्छ कि केही देलान् भन्ने आसले भारी बोक्छु', उहाँले भन्नुभयो ।

प्रतिक्याम्प भारी बोकेबापत भरियाले आठ सयदेखि एक हजार दुई सय रुपैयाँसम्म पाउँछन् । भरियाका लागि बनाइएको घर (भट्टी) मा सादा खाना खाएकै चार सय रुपैयाँ र वासखर्च तिर्नुपर्छ । होटलमा भरियाले बासै पाउँदैनन् । ज्याला रकम नबच्ने, भारी बोके पनि बिहान-बेलुकी खाना खाँदा सबै सकिने भए पनि सबै भरिया टिप्स पाउने आसमै भारी बोक्ने गरेको आधारशिविर जाँदै गरेका भरिया बताउँछन् । केही विदेशीले आफूले लगाएका कपडा दिन्छन्, कसैले सामान उपहार त कसैले रकम नै दिने गरेको एजेन्सीका गाइड पासाङ गोम्बु शेर्पा बताउनुहुन्छ । 'पाएको पैसा खाँदैमा ठिक्क हुन्छ', सात वर्षयता खुम्बुमा भारी बोक्दै आउनुभएका जाङबु शेर्पा भन्नुहुन्छ, 'बच्ने भनेको विदेशीले दिने टिप्स नै हो ।'

ट्रेकिङ कम्पनीअनुसार दैनिक ज्याला फरक हुन्छ । पर्वतारोहण नियमावलीले समेत स्थानीय कामदारलाई दिनुपर्ने सुविधाबारे तीन हजार सात सय मिटरसम्म उचाइमा जाने कामदारलाई दैनिक दुई सय रुपैयाँ र सोभन्दा माथि जाने कामदारलाई दैनिक दुई सय पचास रुपैयाँ दिनुपर्ने तोकेको छ । नियमावलीमा कामदारलाई एकजोर जुत्ता, एउटा ओढ्ने कपडा वा ज्याकेट, ट्राउजर, कमिज, स्वेटर, पन्जा कपडासमेत दिनुपर्ने उल्लेख छ ।

नियमावलीमा कामदारलाई एकजोर जुत्ता, एउटा ओढ्ने कपडा वा ज्याकेट, ट्राउजर, कमिज, स्वेटर, पन्जा कपडासमेत दिनुपर्ने उल्लेख भए पनि कामदारले केही पाउँदैनन् ।

तर, कामदारले कुनै पनि सामग्री पाउँदैनन् । ज्याला भने तोकिएभन्दा बढी पाउँछन् । डलरका हिसाबले खाना खर्च तिर्नुपर्ने भएकाले सेवा-सुविधा पनि डलरकै हिसाबले दिनुपर्ने भरिया माग गर्छन् । केहीले पर्यटकले दिएकै टिप्सले सिजनमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमाउने गरेको बताउँछन् भरिया । केही पर्यटकले राम्रै टिप्स दिएकाले टिप्सको लोभले पनि भारी बोक्न आउने गरेको बताउँछन् उनीहरू । एजेन्सीका गाइडको भूमिकामा पनि टिप्स फरक पर्ने र यसका लागि पर्यटकमाझ प्रस्तुतीकरण गर्नुपर्ने भरिया बताउँछन् ।

कानुनअनुसार कामदारलाई ३० किलोग्राम मात्र भारी बोकाउनुपर्ने भने पनि ४५ किलोग्रामसम्म भारी बोकाउने गरेको पाइएको छ । सिजनमा खुम्बुलगायत हिमाल रहेका क्षेत्र खोटाङ, ओखलढुंगा, संखुवासभा, दोलखा, ताप्लेजुङबाट भारी बोक्न भरिया जाने गर्छन् । एजेन्सीले भने भरियालाई सस्तोमा भारी बोकाउने भएकाले सिजनमा 'गतिलै' आम्दानी गर्ने गरेका छन् ।अन्नपूर्णमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved