मोर्चामा महतोकै हालीमुहाली बढेपछि …

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 21, 2017 | 11:23:33 AM मा प्रकाशित

laxmi  sunrise bank

 ‘ये सब क्या हो रहा है ? मिटिङका मतलब क्या होता है ?’ कुना पसेर फोनमा कल्याङमल्याङ गर्दै थिए राजेन्द्र महतो । उनको यस्तो ताल देखेर रिसाए महन्थ ठाकुर ।

‘हम मिटिङसे डिसिजन ले रहे है, आप डिसिजन बता रहे है’ राजेन्द्र कार्यकर्तासँग फोनमा गफिइरहेका थिए । अर्थात् उनी आन्दोलन तयारीका लागि निर्देशन दिँदै थिए ।

तमलोपा कार्यालयमा गत साताको बैठकको दृश्य हो यो । सरकारले तेस्रो चरणको निर्वाचन मिति घोषणा गरेपछि जेठ २८ गते त्यसबारे धारणा तय गर्ने एजेन्डा थियो । तर, राजेन्द्र बैठकअघि नै ‘आन्दोलनकी तयारी किजिए, अब दुसरी बात कुछ नही होगा’ भनेर फोनमा बोल्दा बैठकमा सहभागी नेताहरु छक्क परे ।

महन्थले ‘पहिला बैठक सकियोस्, आन्दोलनकै निर्णय पनि बैठकबाट गर्ने, अनि कार्यकर्तालाई निर्देशन दिने’ भनेको कुराको राजेन्द्रले तत्कालै प्रतिवाद गरे, ‘आन्दोलन नगर्ने भए यो बैठक किन बस्नुपरेको त ? आन्दोलनमै जाने हो । मैले भनिसकेँ ।’ जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved