प्रारम्भिक मतगणना : कांग्रेस-एमालेबीच तीव्र प्रतिस्पर्धा

रासस

रासस

Jun 30, 2017 | 07:55:34 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं : तीन प्रदेशमा बुधबार भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रारम्भिक मतगणनाले प्रमुख दुई दल कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखाएको छ । बिहीबार साँझसम्मको मत परिणाममा कांग्रेस(एमालेबीच झिनो मतान्तर छ भने माओवादी निकै पछाडि देखिएको छ । साँझसम्मको परिणामअनुसार एमालेले ९७, कांग्रेस ८६ र माओवादी केन्द्रले २८ स्थानीय तहमा अग्रता लिएको छ । एमाले कांग्रेसभन्दा ११ तहमा अघि छ । यद्यपि, ५ प्रतिशतभन्दा कम मात्रै मतगणना भएकाले यो परिणाममा तलमाथि हुने सम्भावना रहन्छ ।

प्रदेश नम्बर १ मा कांग्रेसले ४१ र एमालेले ४९ तहमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ७ तहमा अग्रता लिएको छ । अन्य दलले प्रदेश नम्बर १ मा भने २ तहमा मात्रै अग्रता लिएका छन् । प्रदेश नम्बर ५ मा पनि कांग्रेस(एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसले २२ र एमालेले २९ तहमा अग्रता लिएको छ । माओवादी केन्द्रले भने प्रदेश ५ मा १२ तहमा अग्रता लिएको छ । अन्य दलको अग्रता २ तहमा छ । प्रदेश नम्बर ७ मा एक तहमा जित हासिल गरी कांग्रेसले अग्रता लिएको छ । बझाङको काडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ७ नम्बर प्रदेशमा २३ तहमा अग्रता लिइरहेको छ भने एमालेले १९ तहमा अग्रता लिएको छ । एमालेले पनि उक्त प्रदेशमा बझाङको मष्ठा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ ।

माओवादी केन्द्रले ९ तहमा अग्रता लिएको छ । यो प्रदेशमा राप्रपाले १ तहमा अग्रता लिएको छ भने अन्य दलको अग्रता ३ तहमा छ । आयोगका अनुसार चुनाव सम्पन्न भएका ३ सय ७ तहमा मतगणना सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ताप्लेजुङको एउटा केन्द्रबाहेक सबै जिल्लाको मतपेटिका संकलन भइरहेको र बाँकी २७ स्थानको पनि शुक्रबारबाट गणना गरिने जानकारी दिनुभयो । उम्मेदवारको निधनका कारण स्थगित रुपन्देही कोटीभाई गाउँपालिकामा शुक्रबार मतदान हुनेछ ।

आयोगले बढीमा सात दिनभित्र सबै तहको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बताएको छ । आयोगले भतरपुर महानगरपालिकाको जस्तो मतपत्र च्यात्ने काम हुन नदिन गणनास्थलमा सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ । तीन प्रदेशका तीन मुख्य नगरमा कांग्रेसको अग्रता निर्वाचन भएका प्रदेश नम्बर १, ५ र ७ को केन्द्रबिन्दु मानिने तीन सहरको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । प्रदेश नम्बर १ को राजधानी मानिने विराटनगर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार भीम पराजुलीले प्रारम्भिक अग्रता लिएका छन् । प्रदेश नम्बर १ कै धरान र इटहरी उपमहानगरमा पनि कांगे्रसले सुरुवाती अग्रता लिएको छ । झापाका अधिकांश नगरमा भने एमालेले अग्रता लिएको छ । त्यस्तै, प्रदेश नम्बर ५ को राजधानी मानिने बुटवलमा पनि कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझसम्म बुटवल उपमहानगरमा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ६ सय ३ र एमालेका शिवराज सुवेदीले ४ सय ३० मत ल्याएका छन् ।

तर, प्रदेश नम्बर ५ कै अर्को ठूलो सहर दाङमा भने दुई उपमहानगरमा एमालेले अग्रता लिएको छ । ५ नम्बर प्रदेशकै नेपालगन्ज उपमहानगरपालिकामा भने साँझसम्म कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका मेयर उम्मेदवारले १ सय २२ मत पाएका छन् भने एमालेका मेयर उम्मेदवारले १ सय ३६ मत पाएका छन् । सुदूरपश्चिमको प्रवेशद्वारसमेत रहेको ७ नम्बर प्रदेशको केन्द्रबिन्दु धनगढी उपमहानगरपालिकामा पनि कांग्रेसका उम्मेदवार नृप ओडले अग्रता लिनुभएको छ । त्यहाँ एमाले तेस्रो स्थानमा छ भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोस्रो स्थान हुनुहुन्छ । कांग्रेसका ओडले १ सय ८४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने स्वतन्त्र उम्मेदवार हमालले १ सय ६६ मत पाउनुभएको छ । एमालेका दुर्गा जोशीले ४० मत पाउनुभएको छ । आजको अन्नपूर्णमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved